गुट र उपगुटले कांग्रेसलाई खायो : चैतु

मंसिर १५, २०७५

तुलसीपुर १५ मंसिर / नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तिर्थराज ज्ञावली चैतुले गुट र उपगुटका कारण नेपाली कांग्रेस धारासाही भएको टिप्पणी गर्नुभएको छ । पार्टी निर्माण र संगठन विस्तारमा आफनो त्याग र तपस्या भए पनि नेताहरुले आफु अनुकल पार्टीलाई लैजना खोज्दा पार्टी यो अवस्थाम आएको बताउनुभयो । कांग्रेस निकट नेपाल प्रजातान्त्रिक उद्योग व्यवसायी संघको तेस्रो साधारणसभा तथा पहिलो अधिवेसनलाई तुलसीपुृरम सम्बोधन गर्दै उहाँले फुटेर होइन जुटेर कांग्रेस बनाउन सबै लाग्नु पर्ने बतउनुभयो । कार्यक्रममा विशिष्ट अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले वर्तमान सरकारले बढाएको करका विरुद्ध प्रजातान्त्रीक व्यसायी एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
वाम सरकारले बहुमतको बलमा गरेको मुल्य वृद्धि र अनावश्यक रुपमा लगाएको चर्को करका विरुद्ध व्यवसायीले टुलुटुल हेर्न नहुने भन्दै गलत कार्यका विरुद्ध आन्दोलमा उत्रीन समेत तयार हुनपर्ने बताउनुभयो । विगतका तिक्तालाई छोडेर अव सहमति र सहकार्यबाट कांग्रेस पार्टी र त्यका भातृसंगठन लाग्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । सो अवसरमा अन्य वक्ताले व्यवसायीहरु राजनीतिक आस्था र विचार भन्दा पनि व्यवसायीक हकहितका विषयमा साझा धारना बनाएर अघि बढ्नु पर्ने बताएका थिए । संघका अध्यक्ष जनक खरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद गेहेन्द्र गीरी, कांग्रेस नेता तेजबहादुर बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, एमाले निकट राष्ट्रिय उद्योगबाणिज्य संघका उपाध्यक्ष पदम पोख्रेल(जेठुकान्छु) यातायता व्यवसायी सुरेश हमाल लागएतले बोलेका थिए ।

समिति पुर्नगठन
पहिलो अधिवेसनले जनक खरालकै अध्यक्षतामा ४१ सदस्य समिति पुर्नगठन गरेको छ । जसको उपाध्यक्षमा पुर्ण प्रसाद धिताल, गोकर्ण गिरी, बलिराम खत्री, महासचिव झलक केसी, कोषाध्यक्ष अमर लामीछाने, सचिव दिलबहादुर वली, सहकोषाध्यक्ष पहलबहादुर रोकाह, सदस्यमा होमप्रसद गौतम, ध्रमेन्द्र बैश्य, नविन बुढाथोकी, केशवराज केसी, कमल गौतम लगाएतका रहनुभएको छ । कार्यक्रमको संचलन नेत्र वलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस