सडक मिचेर बनाईका भौतिक संरचना भत्काउछौ : पाण्डे

तुलसीपुर १५ मंसिर
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सडक मिचेर बनाईका भौतिक संरचना भत्काउने चेतावनी दिनुभएको छ । हर्न निषेधित सहर हामी सबैको रहर भन्ने नारा सहति आज उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हर्न निषेधित क्षेत्र घोषणाको पूर्व सन्ध्यामा गरिएको कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका नगर प्रमुख पाण्डेले तुलसीपर बजारलाई कोलहाल रहित , सफा सुन्दर नगरीको रुपमा विकास गर्न सबै लाग्नपर्ने बताउनुभयो । हर्न निषेधित अभियान अगाडि बढि सकेकाकाले यसलाई सफल बनाउन सडक फराकिलो देखि ट्राफिक व्यवस्थापनको सबै कुरालाई उपमहानगरपालिकाले सरोकार निकायसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रमा प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसी, राष्ट्रिय यातायात महासंघका केन्द्रिय सल्लाहारकार सुरेश हमाल, तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेनद्रुकुमार शाह, व्यसायीको तर्फबाट बिमल रिजाल, नागरिक समाज दाङका सल्लाहाकार टीकाराम रेग्मी, महिला अधिकारकर्मी सुश्मा गीरी, पत्रकार नारायणी रजौरे लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले गर्नुभएको थियो ।

भोली देखि तुलसीपुर बजारमा पुर्ण रुपमा हर्न बजाउन रोक
भोली देखि तुलसीपुर बजार क्षेत्रकमा हर्न बजानेलाई ५ सय देखि १५ सय सम्म जरीवान गरिने बताइएको छ । तुलसीपुर बजारको दक्षिणमा गुम्राह चोक, उत्तरमा शिवनगर टोल, पूर्वमा हात्तीखोवा र पश्चिममा दोघरे यी चार किल्ला भित्रमा हर्न बजाउन पाइने छैन । यसैविच सोनापुर सिमेन्टले ट्राफिक सम्बन्धी पर्चा पम्प्लेट, लाइट लगाएतका सामग्री सहयोग गरेको आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया