पाइपबाट बिरामीको बेडमा अक्सीजन

मंसिर १५, २०७५

ओपेन्द्र बस्नेत, तुलसीपुर, १५ मंसिर ।
राप्ती अंचल अस्पताल तुलसीपुरले राप्तीमा पहिलो पटक पाइप मार्फत अक्सिजन बिरामीको बेडमा पु¥याउने व्यवस्था मिलाएको छ । अस्पतालले आफै उत्पादन गरेको अक्सिजन पाइप मार्फत इमरजेन्सी, डाइलासीस, इन्डोर, बहिरङ्ग, पोष्टप र अप्रेसनकक्षमा सिधै पाइपबाट जाने गरेको छ ।

गत भदौ देखि नियमित उत्पादन हुन थालेपछि अक्सिजनको समस्या टरेको राप्ती अंचल अस्पताल तुलसीपुरका सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयो । ८० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण गरेर २०७३ असार देखि अक्सीजन उत्पादन गर्न थालिएपनि त्यति प्रभावकारी हुन सकेको थिएन ।

पछिल्लो समय जिम्मेवारी पाए लगत्तै अस्पताल प्रशासन सुधारमा सक्रीय भएका डा. शर्माले उत्पादनलाई महत्व दिएर अक्सिजन आयातलाई कटौती गर्नुभएको छ । जसका कारण अक्सिजन खरिदमा खर्च हुने गरेको मासीक २ लाख २० हजार रुपैयाँ अहिले बचेको छ ।
अस्पतालले दैनिक १५ देखि २० वटा सम्म अक्सिजन उत्पादन गर्ने गरेको छ भने खपत ८ देखि १० वटा सम्म हुने गरेको छ । बाँकी अक्सीजनलाई विक्री गर्ने तयारीमा अस्पताल प्रशासन पुगेको छ । बढी भएको अक्सिजनलाई विक्री गर्नका लागि अस्पताल विकास समितिको बैठकमा प्रस्ताव लैजाने तयारी पनि गरिएको छ ।

‘कुनै बेला नेपालगञ्ज, तुलसीपुरका विभिन्न सर्जीकल हाउसबाट अक्सिजन किनेर ल्याउुनपथ्र्यो,’ डा. शर्माले भन्नुभयो, ‘अब त हामी कहाँ उत्पादन भएको छ । अस्पतालाई बार्षिक करिब साढे २५ लाख व्ययभार कम हुने भएको छ ।’ सुरु सुरुमा अक्सिजन उत्पादन भयो भनेर अस्पताल प्रशासन खुशी भएपनि नियमित उत्पादन र उपकरणहरु मर्मत सम्भारमा ध्यान नदिदा निरन्तरता पाउन नसकेको डा. शर्माले बताउनुभयो ।

अक्सिजन शुल्क लगाउनु पर्छ

अक्सिजन उत्पादनलाई निरन्तरता दिन थोरै भएपनि शुल्क लगाउनु पर्ने अस्पतालले बताएको छ । स्थापनाकाल देखि उपचार सेवा लिन आएका बिरामीबाट अक्सिजन शुल्क नलिएको अस्पतालले उत्पादनको निरन्तरता, अक्सिजनको प्रयाप्तता र आर्थिक अभाव टार्न थोरै भएपनि बिरामीबाट शुल्क लगाउँदा उपयुक्त हुने निश्कर्षमा पुगेको छ ।

अस्पतालले अक्सीजको प्रति सिलिण्डर ठूलो ८ सय र सानोलाई ४ सय रुपैयाँमा खरिद गर्ने गरेको थियो । अन्य सरकारी अस्पतालले बिरामीबाट अक्सिजन शुल्क लिने भएकाले प्रति बिरामी एक सय रुपैयाँ शुल्क लिदा खासै आर्थिक मार नपर्ने अस्पताले बताएको छ ।

प्रतिक्रिया दिनुहोस