हत्याको बिरोधमा तुलसीपुर बजार एक घन्टा बन्द गरिने

तुलसीपुर १४ मंसिर
घोराहीमा माडि हार्डवेयर पसलका सञ्चालक नन्दबहादुर घर्तीमगरको हिजो हत्या भएको विरोधमा तुलसीपुर उद्योगबाणिज्य संघले तुलसीपुर बजार बन्द गर्ने भएको छ । उद्योगबाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको हार्डवयर व्यवसायी र संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बाणिज्य संघले व्यवसायीको निर्मता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कडा कारबाही गरेर व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसंग माग समेत गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया