‘नेपालको वर्तमान शिक्षानीति’

मंसिर १२, २०७५

संगीत अधिकारी,घोराही दाङ ।
वर्तमान परिपेक्षमा हेर्ने हो भने नेपालको साक्षरता दर दोब्बर भएको छ । वि.सं. २०११ मा २ प्रतिशत रहेको साक्षरता दर अहिले ७२ प्रतिशत पुगेको छ । यो एउटा नेपाल जस्तो विकासउन्मुख देशका लागि सकारात्मक सन्देश हो । तर विडम्बनाको कुरा छ भने आजभन्दा २० औं शताब्दीमा नेपालको शिक्षानीति जुन थियो र अहिले पनि त्यही कायम छ । हुन त कैयौंपटक सरकार फेरिए, शिक्षामन्त्री फेरिए तर शिक्षानीति फेरिएन ।

Porrot-Learning सुगा रटाई नेपालको पहिलेदेखि नै चलिआएको परम्परा हो । घोकन्ते ज्ञानले नै चलिआईरहेको छ हाम्रो शिक्षा हाम्रो नेपालीसमाजमा पहिलेको अहिले सबैलाई शिक्षाको पहुँच छ । तर हाम्रो शिक्षा कस्तो भयो भन्दा विद्यार्थीले जानी नजाती पढ्नैपर्छ, घोक्नैपर्छ, जान्नेपर्छ मतलब कि १०० प्रतिशत परिक्षामा आधारित हुनैपर्छ । हाम्रो शिक्षा प्रणाली ए प्लस ग्रेड ल्याउनका लागि मात्र भयो । तेरो छोराले कति ल्यायो, मेरो छोराले यति ल्यायो भन्ने खालको अस्वस्थ शैक्षिक प्रतिष्पर्धा नेपालमा हाबी हुन थालिरहेको छ । विदेश पलायत भएर कति धन थुपार्ने भन्नका लागि तर्जुमा गरिएको जस्तो नेपालको शिक्षानीति बन्यो र यो लज्जास्पद कुरा हो ।

विद्यार्थीहरु ९० प्रतिशत सैद्धान्तिक पढाईमा आधारित छन् । यसको तात्पर्य विद्यार्थीले केही सिकिरहेको छैन । अभिभावक, शिक्षक र स्कुलले वास्तवमा चौतर्फी रुपमा विद्यार्थीलाई पेलिरहेका छन् । तिन घण्टा जाँचमा बसी कागजमा लेखेर एउटा विद्यार्थीको वर्षभरिको मुल्यांकन पास र फेलमा गरिने प्रणालीले हामी नेपालीलाई आधोगतितिर ढकेलिरहेको छ । विद्यार्थीमा रहेको अन्तरनीहित प्रतिभाको प्रस्फोटनका लागि न त अभिभावकले साथ दिएको पाइन्छ न त विद्यालयले नै । खाली र खोक्रो दिमाग लिएर ३–४ वर्षको कलिलो उमेरमा नै विद्यालय पसेका विद्यार्थीले न त आफुमा रहेको प्रतिभा उजागर गर्न पाउँछन् न त उत्कृष्ट बनेर निस्कन पाउँछन् । निस्कन्छन् त १० वर्षपछि केवल हातमा एउटा सर्टिफिकेट लिएर ।

वास्तवमा उनीहरुमा खेलाडी, गायक, कवि, चित्रकार, नेता आदि बन्ने खुबी हुन्छ तर १० वर्षको अन्तराल पछि उनीहरुको निस्कन्छन् आफुमा भएको त्यो प्रतिभालाई गुमाएर । सृजनशिलतामा विद्यार्थीलाई लगाउने प्रयास कहिंकतै भएन । सिपमा आधारित शिक्षा, व्यवहार उपयोगी शिक्षा, जीवन रुपान्तरण गर्ने शिक्षा, कृषि शिक्षा, आध्यात्मिक शिक्षाको अभावले नै गुज्रीरहेको छ नेपाल । अझैपनि हामी गलत सिकाई, गलत पाठ्यक्रममा आधारित छौं । विद्यार्थी सैद्धान्तिक कुरामा अब्बल तर व्यवहारमा शुन्य ।

अहिले जति राष्ट्रहरु शिक्षित, धनि र शक्तिशाली बनेका छन् ता कि उनीहरुले शिक्षालाई प्राथमिकतामा राखेका छन् । शिक्षाले अन्धकारको दिशाबाट उज्यालो तर्फ धकेल्छ भन्ने बोध उनीहरुमा छ तर हाम्रो देशमा सडक बत्तीलाई प्राथमिकतामा राखिन्छ । तर शिक्षालाई दोश्रो पाते मानिन्छ । अझै पनि नेपालकै सन्दर्भमा हेर्ने हो भने कति ग्रामीण भु–भागमा मानिसहरु शिक्षाको अभावमा गरिबी जीवन विताउन बाध्यरत छन् । कहिलेकाँही लाग्छ हाम्रो देशका उच्च ओहदामा रहेकाहरुले जनतालाई शिक्षादिक्षा दिए उनीहरु वाण हुन्छन् र हामीलाई गरिखान दिन्नन् भनेर शिक्षाको पहुँचमा अभाव गराईराख्छन् जस्तो । कक्षा १–१२ सम्मको निःशुल्क शिक्षाको नारा संविधानको कागजमात्र सिमित हुने हो कि लागु पनि हुने हो ।

एउटा उदाहरण छ जापान, चीन जस्ता ठूला राष्ट्रहरुका विद्यार्थीले कक्षा ५–७ मा पढ्दै गर्दा घडी, रेडियो, मोबाइल बनाउन सिक्छ र दक्ष हुन्छ तर हाम्रो देशमा डिग्रीको सर्टिफिकेट बोकेकाले त्यही चिज बनाउने कुरा त परै जाओस् चलाउन समेत जान्दैनौं । घरमा विग्रेको घडी बनाउन हामी जान्छैनौं । वा ! वा ! हाम्रो शिक्षा नीति ।
यदि यस्तै तरिकाले हाम्रो नेपालको शिक्षानीति बदल्न सकिएन भने हामी अझै आफुलाई अरु राष्ट्र सामु कमजोर सावित गर्दै जानेछौं । हरेक विद्यार्थीले करले होइन रहरले विद्यालय जान सिकोस् ।

हरेक दिन विद्यालयबाट केही कुरा नयाँ र भिन्न सिकोस् । विश्व परिवेशमा हेर्ने हो भने नागरिकको शिक्षा मौतिक अधिकार हो । अहिलेको परिस्थितिमा हेर्ने हो भने ८५ प्रतिशत विद्यार्थी नेपालका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । राज्यका हरेक निकायका कर्मचारीका सन्तानले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नियम भए मात्र सामुदायि विद्यालयको शिक्षा सुध्रने छ । तर यहाँ संकिर्ण सोचाईका कारण सामुदायिक विद्यालयको स्थिति अझै कमजोर बन्दै गइरहेको छ ।

आर्थिक स्थिति निकै कमजोर भएकाले अध्ययन गर्न थलोको रुपमा सामुदायिक विद्यालयलाई हेरियो । कक्षाकोठामा मस्त गएर सुत्नलाई, नपढाएरै कमाउनलाई, भ्रष्टाचार गर्नलाई शिक्षकद्वारा सामुदायिक विद्यालय रोजिन थाले । अनि कसरी आउँछ राम्रो नतिजा ? अझैपनि तथ्यांक हेर्ने हो भने स्वयम सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका सन्तानले नीजि विद्यालयमा अध्ययन गरिरहेकाछन् । अनि कसरी उनीहरु आफुले पढाउने सामुदायिक विद्यालय बनाउन लागि पर्लान् ।

यस गम्भीर कुरालाई स्थानीय सरकारले बेलैमा ध्यान दिन जरुरी छ । अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ ९९ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । जब राज्यका हरेक व्यक्तिका सन्तानले सामुदायिक विद्यालयमा अध्ययन गर्छन् तब मात्र उनीहरुले त्यस विद्यालयलाई आफ्नो अपनत्व ठान्छन् ।

आज नेपालको सन्दर्भमा हेर्ने हो भने विद्यालयहरु च्याउ उम्रिने भन्दा पनि बढी भइरहेका छन् । खैत यसलाई हेर्ने, चलाउने व्यवस्थापन गर्ने नियका कतै आफु मोटाउन त लागिरहेको छैन । शैक्षिक माफियाहरुको कारण आज शिक्षा एउटा ठूलो व्यापार बनिसकेको छ । शिक्षा दिने उद्देश्य भन्दा पनि पैसा कमाउने उद्देश्यले आज खोलिएका छन् शैक्षिकसंस्थाका दोकानहरु ।

प्रत्येक मन्त्री, नेता, ठेकदार, दलालहरुको ठुलाठुला शैक्षिक संस्था ठडिएका छन् जसबाट उनीहरुले आज गुणस्तरीय शिक्षा भन्दा महंगो शिक्षाको दाउपेचमा लागेका छन् । अनि कसरी हुन्छ हाम्रो शिक्षानीति ? यो शिक्षानीति हो कि लाजनीतिको राजनीति ? नेपालको शिक्षा अहिले बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तै बनिरहेको कुरा सर्वविदितै नै हो ।

शिक्षाको नाममा राजनीति छ । आफु नेता बन्नलाई राजनीति गर्न उचित ठाउँ विद्यालयलाई बनाएकै कारण विग्रेको देश । शान्ति क्षेत्रको संज्ञा दिई विद्यालयमा नाराबाजी गर्ने, टायर जलाउने, केही नबुझेका अबोध विद्यार्थीलाई सडकमा ल्याई जिन्दाबाद र मुर्दाबादको नारा लगाउन पठाएर बन्छ त देश । कहिल्यै कदापी बन्दैन ।

सम्पूर्ण राजनीतिक दलको राजनीतिक उद्देश्य त प्राप्ती भयो तर अब समृद्धिको कुरा छ तर यसको प्राप्तीका लागि मुल जड शिक्षा नै हो । शिक्षा छ त स्वास्थ्य छ, सडक छ, बाटो छ र देश छ । सहि शैक्षिक नेतृत्वको अभावकै कारण आज देश खस्किदै गईरहेको छ । आज हाम्रो देशका उच्च व्यक्तिका सन्तानहरु विदेशका महंगा कलेजमा, देशको गरिब जेहेन्दारको कोटामा आफै अध्ययन गरिरहेका छन् । अनि कसरी हुन्छ त नेपालको शिक्षाको ख्याल ?
हामीले अध्ययन त ग¥यौं नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । तर यसको सम्भावनाको अध्ययन गर्ने पाठ्यक्रम सहितको शिक्षानीति अझै बन्न सकेन । कृषीप्रधान देश नेपालमा कृषिज्ञानको शिक्षा अझै व्यापकरुपमा फस्टाउन सकिरहेको छैन । प्राकृतिक स्रोतले भरिपूर्ण देश नेपाल, सुनखानी, तामा खानीको देश नेपाल, अनेक प्रजातिका बोटविरुवाको देश नेपाल तर यसको अध्ययनका लागि पाठ्यक्रम बन्न सकिरहेको छैन ।

अनि कसरी हुन सक्छ उत्खनन्का प्रयासहरु । वास्तवमा देशलाई कायापलट ल्याउनका लागि शिक्षानीति नै परिवर्तन गरिनुपर्छ । समाज बदल्ने खालको शिक्षा आजको आवश्यकता हो । नैतिकता र सत्कार सिकाउने खालको शिक्षा अति खाँचो छ । हामी नेपाली, हाम्रो नेपाल हो त्यस्तै शिक्षाले नै हो देश चिनिने र ठूलो बन्ने । यसका लागि सम्पूर्ण शिक्षाविदहरु, आम विद्यार्थी, युवापीढि, शिक्षित व्यक्तिहरु अब अग्रसर बनेर देशको काँचुली फेर्न शिक्षाबाट नै अगाडी बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस