अमर माविको बिव्यस अध्यक्षमा केसी चयन

मंसिर ०८, २०७५

तुलसीपुर,८ मंसीर ।
तुलसीपुर ११ मा रहेको अमर मावि उरहरीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा टेक बहादुर केसी चयन भएका छन । हालै बसेको समितिको बैठकले जेष्ठ सदस्य केसीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ । यस अघि गुरु प्रसाद आचार्यले अध्यक्ष पदबाट राजिनामा दिएपछि लामो समय सम्म अध्यक्ष पद रिक्त रहेको थियो । उनको राजिनामा स्वीकृत भएपछि जेष्ठ सदस्य केसीकै अध्यक्षतामा बैठक बस्दै आएको थियो ।

यस्तै, बैठकले संघिय सांसद हिराचन्द्र केसीलाई धन्यवाद ज्ञापन गरेको छ । यस बर्ष देखि सञ्चालन गरेको पशु विज्ञान कक्षाको भवण निर्माणका लागि बजेट विनियोजन गरि सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिएको एक विद्यालयले जनाएको छ ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम दाङ क्षेत्र नम्बर ३ अन्र्तगत विद्यालयको भवण निर्माणमा ५० लाख बजेट विनियोजन गरीएको छ । भवण निर्माण भए विद्यालयको पशु विज्ञान कक्षा थप प्रभावकारी हुने अपेक्षा लिएको विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस