ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा

घोराही, ३ मंसिर
घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्ने भएको छ । ग्यास उत्पादनका लागि उपमहानगरपालिले निजी कम्पनीसंग सम्झौता गरेको मेयर नरुलाल चौधरीले जानकारी दिए ।  सम्झौता भएको मितिले निजी कम्पनीले एक बर्ष भित्रै उत्पादन गर्नुपर्ने छ ।दुई बर्ष सम्म गरिएको गृहकार्य पछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौ बिच २० बर्ष सम्म काम गर्ने गरी त्रिपक्षिय सम्झौता भएको हो ।

ग्यास उद्योग स्थापनका लागि २० करोड रुपैयाँको खर्च लाग्ने भएपनि ६० प्रतिशत निजि कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने छ । घोराही उपमहानगरपालिका १६ करौती डाँडा स्थित ल्याण्डफिल साईडमै ग्यास उद्योग स्थापना हुने छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङगारीक मल उत्पादन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया