क्षैक्षिक गुणस्तर सुधार गर्न अनुगमण

मंसिर ०२, २०७५

तिर्थराज ज्ञावली
मसुरीया २ कात्तिक / क्षैक्षिक गुणस्तर सुधारका लागि राप्ती गाउँपालिकाले विद्यालयको अनुगमण गर्न थालेको छ । जस अन्र्तगत आज शंकर माध्यामिक विद्यालय पीपरी र नुतन प्रावि सिङ्गेको अनुगमन गरिएको हो । विद्यालयको शैक्षिक अवस्था, ब्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको र विद्यार्थिको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि गाँउपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालका अनुसार राप्ती गाउँपालिका भित्रका सरकारी विद्यालयका सम्पुर्ण प्रधानाध्यापकहरुलाई सोमवार विहान ७ बजे गाउँपालिकामा बैठकको आब्हान गरिएको र सो बैठकमा विद्यालयको शैक्षिक अवस्था, विद्यालयको ब्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थिको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि आग्रह गरिने समेत बताईएको छ ।
अनुगमनको क्रममा शिक्षकको नियमीतता, शैक्षिक योजना, सरसफाई, लगाएतका विषयमा ब्यवस्थापन समितिका पदाधिकारीसंग छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस