कहाँ जाँदै छ हाम्रो नेपालीपन ?

कार्तिक २९, २०७५

संगीत अधिकारी,दाङ ।
नेपाल भौगोलीक दृष्टिकोणले तिन भागमा विभाजित छ। हिमाल पहाड र तराई यहाँको आफ्नै पहिचान छ ।भोटे शेर्पा थकाली हिमालका बाहुा क्षेत्री मगर तामाङ नेवार आदि पाहाडका जाती जनजातीको बसाई रहेको छ ।तराई राजवंसी,यादव लगायतका जाती जनजातीको बसोबास रहेको छ ।हिमाल पहाड तराई भित्रको यो साझा फुलवारी नेपाल।

आज हाम्रो समाज कतातीरडारीदै छ ।यसको ब्यख्या विश्लेषण विभिन्न लेखक विष्लेषकहरुले गरेको पाईन्छ । तर हाम्रो नेपाली समाज नेपालीपन हराउदै गैरहेको अनुभव हुन थालेको छ।हिजो भन्दा आज आज भन्दा भोली नेपालीमा अफ्नो मौलीकता हराई रहेको छ । नेपालीको राष्टिूूय पोशााक पुरुषको दौरा सुरुवाल,महिलाको गुन्यू चोली अहिले कहि कतै कसैले लगाईरहेको मात्र देखीन्छ ।

पश्चिमी मुलुकहरुको संूकृतीको हावी नेपालमा तिब्ररुपमा बढिरहेकोछ । चाडवाडको नाममा मानीसहरुले आफ्नो पुरातन रितीरिवाज विर्सेर मादक पदार्थ र मासूलाई मुख्य परिकार बनाईरहेका छन् ।यतीमात्र नभएर मानीसहरु आफूसंग होस या नहोस देखावटिसैलीमा चाडढवाडको नाममा टन्न खर्च गरीरहेकाछन् । जसलाई ९भ्हतचबखबनबलत० पनी भनिन्छ ।

यदी यस्तै प्रवृतिको हावी नेपालमा भैरहने हो भने हामी नेपाली नेपाली रहने छैनौ संसारमा जती राष्टूूहरु शक्तीशाली र विकशित भएकाछन् यसको देन उनिहरुले आफ्नो मौलीकपनलाइ बाचाई राख्नुने हो । उदाहरणका लागी पश्मिी जगतमै हालीमुहालीकै कारण नेपालीहरुले जन्मदिन वर्थ डे लाई महान उत्सवको रुपमा लिई पशुपंसीको हत्या हिंसा गरी खुसीयाली मनाई रहेकाछन् । आफु जन्मेको दिन यसरी कसैको बलीदान गरेर रमाई गर्नुको साटो रचनात्मक कार्य गर्नु नै समाज र देशको लागी सकारात्मक सन्देश हुन सक्थ्यो ।

अरुको देखासीकी गर्ने पवृर्तीले आज रहरले त कतै बाध्यताले दैनीक रुपमा युवाहरु विदेशियका छन् र कम मुल्यमा आफ्नो रगत पसिना विदेशमा बेचीरहेका छन् । धन कमाउने नाममा कतीले आफ्नो ज्यान गुमाईरहेकाछन् ।यही हो डरलाग्दो र घिनलाग्दो कुरा। वास्तवमा उनिहरुले नेपाल फर्केर नेपाल बनाउन लाग्नुपर्छ । अहिले त नेपाल बिरामी बुढा बुवा आमा र बच्चाहरु ले भरीएको छ ।

सगरमाथा र गौतम बुद्धको भुमी जलश्रोतको धनी देश नेपाल अन्न भण्डारको देश नेपाल यहाँ रहेको बिभिन्न प्रचातिका बोटबिरुवा रुख, बृक्ष, चराचुरुङ्गी जनावरहरु भएको देश नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । नेपालमा अनेक रुखबृक्षहरु छन् । जसबाट विभिन्न औषधि, कपडा र अन्य चिजहरु बन्छन् । यहीका चिज लगेर औषधि र अन्य सामानहरु बनाएर हामीलाई बेची कैयौं देशहरुले कायापलट गरे तर हामीहरु अझै तल धकेलिराखेका छौं ।

यहाँ नै विश्वतृत खोज अनुसन्धान गरेर आफ्नो क्षमता, पसिना वगाएर हाम्रो शिरलाई अझै उच्च राख्न सक्छौं । यसका लागि सम्पूर्ण विदेशीएका युवाहरुले यस्तो सोचको विकास चाँडो भन्दा चाँडो गर्नुपर्छ । सुनखानी, तामाखानी, फलामखानी आदि ठाउँको उत्खनन्मा लागेर नेपाललाई अझै सम्पूर्ण विश्वसामु ठूलो बनाएर उभाउनुपर्छ ।
अरुलाई गालीगलौज गर्ने, हप्काउने, थर्काउने, खिसी गर्ने, घमण्डीपना देखाउने यही हो त हाम्रो संस्कार, सभ्यता वा मानवता ? शान्तिका अग्रदुत गौतम बुद्धले हामीलाई यही शिक्षा दिएका छन् त ? भाइचाराको सम्बन्ध विग्रिरहेको छ । नेपाली–नेपाली एक आपसमा लडिरहेका छन् आफ्नै दिदीबहिनी माथि बलात्कारका घटना घटिरहेका छन् ।

यही संस्कार सिकाएर ज्यान आहुति दिएका थिए त हाम्रा विर पुस्ताले एकआपसमा झैझगडा, काटमार, हत्याहिंसा, बलात्कार गरेर बसेको भए आज हामीले आफुलाई नेपाली र आफ्नो देश नेपाल भन्न सक्थ्यिौं त ? त्यसकारण हाम्रो समाजले यस कुराको गहन अध्ययन गर्न जरुरी छ । अरुप्रति नकारात्मक सोचाई, कुदृष्टि राख्नु भनेको अहंता र महापाप हो । यसले हामीलाई कहिल्यै माथि उठ्न दिदैन ।

हाम्रो समाज राम्रो समाज, मेलमिलाप भएको समाज, राष्ट्रलाई सहयोग गर्न सक्ने समाज हुनुपर्छ । एकता नै ठूलो बल हो । त्यसैले समाजमा एकता आवश्यक छ । राजनीतिक संस्कृतिक, पारिवारिक द्वन्द्वले समाजलाई अन्धकार तर्फ डो¥याउँछ । अबको शिक्षा समाजलाई जोगाउने, बचाउने र सिकाउने खालको हुनुपर्छ । नेपाल धर्म निरपक्ष राष्ट्र जहाँ जसले जुन धर्म पनि मान्न पाउँछ । हिन्दुले मुस्लिमलाई अंकमाल गर्न जान्नुपर्छ ।

एकले अर्कालाई सम्मान गर्न जान्नुपर्छ । जसले जुनसुकै धर्म मानेपनि यसको मुल उद्देश्य पाप नगर्नु, सत्य बोल्नु, मिलेर बस्न नै हो त्यसकारण अबको समाज अबको दिदीले यो कुराको मनन गरेन भने आगामी पुष्ता झनै संकटमा पर्नेछ । संस्कार हराउनेछ, चालचलन रितीरिवाज हराउनेछ र मान्छे पशुभन्दा पनि तल्लो स्तरको प्राणी हुने कुरा निश्चित छ ।
त्यसकारण नेपाल सरकार नेपालको नेपालीपन, हाम्रो राष्ट्रिय सम्पदा, हाम्रो समाज बचाउन लागि पर्ने अभियन्ताहरु नागरिक समाजले यस कुरालाई बेलैमा मनन गरि गम्भीर रुपले अब समाज सुधार्न लागि पर्नुपर्छ । अन्यथा हाम्रो परिचय बेचिएर जानेछ र स्वयं हामी पनि बेचिने छौं ।

हाम्रो समाज बच्नु वा सुध्रनु भनेको हाम्रो राष्ट्र बन्नु हो । हामी नेपाली भनेर भन्नु हो । प्रत्येक परिवार, छरछिमेक, समाज मिलेर आफ्नो पहिचानलाई बचाईराख्नुपर्छ । एकले अर्कालाई सम्मान र संस्कार गर्न सिक्नुपर्छ । चेलीबेटीलाई आफ्नै सन्तान सम्झनु पर्छ । संकृतमा अतिथि देवो भवः पाहुनाहरु भनेको देविदेवता सरह हुन् पाहुनालाई न्यानो सत्कार गर्नुपर्छ । हाम्रा बाजागाजा, चाडपर्व, चालचलन, रितिरिवाजको जगेर्ना गर्नुपर्छ । नेपाल जस्तो विकास गर्न सजिलो अरु कुनै देश छैन । प्राकृतिक रुपले पष्नि हामी धनी छौं ।

विवेकको राजनीति नेपाललाई आवश्यक छ । हाम्रो समाजलाई केही यस्ता राष्ट्रिय व्यक्तित्वको खाँचो छ जसले देशका लागि ज्यान दिओस् र नयाँ विचार र सोच भएको होस् । विकास लक्षित राजनीतिको आवश्यक छ । पर्यटन, जलविद्युत र कृषि जस्ता कुरामा ध्यान दिएर समाज देश बदल्न सकिन्छ । त्यसकारण अबको समाज र सोचको परिवर्तनबाट मात्र हामीले समाजलाई उज्ज्यालो र विकास उन्मुख बनाउन सक्छौं । अनिमात्र नेपालीपन झुल्किने छ ।

प्रतिक्रिया दिनुहोस