थुनुवा भागेपछि तुलसीपुरमा प्रहरी जवान नियन्त्रणमा

कार्तिक २८, २०७५

तुलसीपुर २८ कात्तिक 

गुडिरहेको बसबाट थुनुवा भागेपछि प्रहरी साहयक निरीक्षक सहति १० जना प्रहरीका विरुद्ध अनुसन्धान सुरु गरिएको छ । तुलसीपुर ५ रानीजरुवा निवासी थुनुवा विष्णु बुढाथोकी राप्ती अंचल अस्पताल नजिकैबाट गुडिरहेको बसबाट फालकुटेर(हामफालेर) गत २५ गते भागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । फरार अभियुत्तलाई जिल्ला प्रशासन कार्यालबाट म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याउदै गरिएको थियो ।

थुनुवासंग संगै बसेका प्रहरी जवान शेरबहादुर बुढाथोकीले लापर्वाही गरेको र अर्का थुनुवा बसन्त बस्नेतले सघाएको भन्दै दुबैजनालाई सार्वजनिक न्याय विरुद्धको कसुर सम्बन्धी मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।
त्यसैगरी थुनुवाका कमाण्डर प्रहरी साहयक निरीक्षक सुनिलजंग शाह, सहित ९ जना प्रहरीका विरुद्ध लेखापढी गरेर विभागमा पठाइएको र अनुसन्धान जारी रहेको प्रनाउ शाहीले बताए । थुनुवा बुढाथोकीले सार्वजनिक अपराध सम्बन्धी मुद्दा खेपि रहेका थिए । ९जना प्रहरी रहेको बस भित्र थुनुवा विष्णु बुढाथोकी, बसन्त बस्नेत र प्रहरी जवान शेरबहादुर बुढाथोकी एउटै सिटमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस