तुलसीपुरमा बालिका अपहरणमा परेको एक घन्टामै मुक्त,, अनुसन्धान जारी रहेको प्रहरीको दाबी

तुलसीपुर २७ कात्तिक

दाङको तुलसीपुरमा बालिका अपहरणमा परेको एक घन्टाभित्रै फेला परेकी छन् । तुलसीपुर–५ रानीजरुवा निवासी ९ बर्षकी हेलिना पुन अपहरणमा परेको करिब ५० मिनेटमै फेला परेको शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए । ६ बजे हराएकी बालिका घर देखि करिब ५ सय मिटर माथि झुलुङ्गे पुल नजिकै ६ः५० बजे फेला परेको शसस्त्र प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । अपरिचित व्यक्तिले पैसा दिन्छु भन्दै फकाएर लगेको प्रहरीले बताएको छ । बालिका एकाएक हराउने वित्तिकै शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयले व्यापक खोजतलास गरेपछि बालिका अपहरण मुक्त भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बालिका घरमा नभएको र खोज्ने क्रममा छिमेकी बालबालिकाले अपरिचित मान्छेसंग खोलातिर गएको जानकारी दिएपछि  प्रहरीलाई खबर गरेको वावु कृष्ण बहादुर पुनले जानकारी दिए । बालिकाको बयानका आधारमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

फाईल फोटो ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया