महिला माथि दुव्र्यवहार गरेको भन्दै वडा सचिव पक्राउ

तुलसीपुर, २५ कात्तिक ।बोक्सीको आरोप लगाउँदै महिला माथि दुव्र्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । जिल्लाको तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
वडासचिव र उनको परिवारले बोक्सीको आरोप लगाउँदै आफुलाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्थानिय डम्मर कुमारी न्यौपानेले उजुरी दिएपछि सचिव आचार्य सँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।
गत कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई कुटपिट गरेको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया