अपडेट : दाङबाट काठमाडौं जाँदै गरेको बस नवलपरासिमा दुर्घटना, उपचारको क्रममा एक बृद्धको ज्यान गयो

तुलसीपुर,२६ कार्तिक ।पुर्वी नवलपरासीमा बस दुर्घटना हुदा २५ घाईते मध्ये एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा दाङ शान्तीनगर गाउपालिका निवासी ७० बर्षिया गंगी विकको निधन भएको प्रहरीले बताएको छ ।
दाङबाट काठमाडौं जाँदै गरेको बस सोमवार विहान २ वजेतिर जिल्लाको गैडाकोट नगरपालिका वडा नम्वर १४ स्थित पुर्व पश्चिम सडक खण्ड अन्र्तगत अमरापुरीमा दुर्घटना भएको थियो । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुदा २५ जना घाइते भएका थिए ।
दुर्घटनामा परि घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षीय होमबहादुर पोखरेल, शान्तिनगर गाउँपालिका वडा नं. १ का एक वर्षीय बालक यनुष विक, तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेत, सल्यान निवसि लक्ष्मी पुन ,तुलसीपुर निवासि गोविन्द्र प्रसाद पौडेल, तुलसीराम डागी,ओखलढुङगाकि धन कुमारी गिरी, दाङ शान्तीनगरकि राम कुमारी विक, गंगि विक,सल्यान दार्मा निवासि कर्ण बहादुर बुढाथोकि, लक्ष्मण शर्मा,रुकुम सिम्ली निवासि पम्फा डागी र ईन्द्र बहादुर डागी रहेको जनाइएको छ । घाइते भएका मध्य १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया