दाङका डिसी वैदेशिक रोजगार कसूर मुद्दामा जेल चलान

कार्तिक २६, २०७५

तुलसीपुर,२६ कार्तिक ।
वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङ घोराही उपमहानगरपालीकाका दिनेशचन्द्र डिसीलाई हिजो काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा हिजै डिल्लीबजार कारागार चलान भएका हुन् ।

डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएको थियो । फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो ।।

प्रतिक्रिया दिनुहोस