उजाड जमिनलाई हरियाली बनाएर लाखौ आम्दानी

 

तुलसीपुर २५कात्तिक
‘गोपीमा पानी तुरतुर चार्दै थिए दुई जना गाउँले आएर लगाउदा फुलगोभि, खादा बन्द त तहोला भने ।’ यो भनाई हो तुलसीपुर ५ का एकजना पौरखी किसान गोविन्दप्रसाद बस्यालको । चिनेजानेका ती दुइ जनाले खेति गरेको देखेर नपत्याएर भनेको कुराले आज उनलाई सफल किसानको दर्जामा पु¥याएको छ । किसान बस्यालले भने ‘२०७२ पुष १५÷१६ गते जस्तो लाग्छ । अरुलाई खिन्नता लाग्दो हो तर मलाई त्यो भनेको कुराले हौसाला बढ्यो र पहिलो बर्षमै आठ किलोको बन्दगोभि फलाए ।’ एक सय बर्ष अघि देखि बञ्जर रहेको उजाड भूमिलाई हरियाली बनाएर उनले बार्षिक ५÷६ लाख आम्दानी गर्ने गरेका छन् । तुलसीपुर स्थित राप्ती अंचल अस्पतालको पाँच विगाह बाँजो जमिनलाई भाडामा लिएर किसान बस्यालले आम्दानी गर्न थालेका हुन् । असोज २०८२ सम्म दश बर्षलाई जग्गा भाडामा लिएका उनले २२ असोज २०७२ मा अस्पताल प्रशासनसंग सम्झौता गरेका थिए । अहिले सम्म त्यस भूमिमा १४ लाख रुपैयाँ खर्चिएका बस्यालले पहिलो बर्षमै ४ लाख कमाएको बताए । पहिलो बर्ष गोभि उत्पादन गरेर ३ लाख, भाटाबाट एक लाख, काक्रा र खुर्सानीबाट एक लाख सहित ४ लाख आम्दानी गरेको उनको भनाई छ । पहिलो चरणमा करिब डेढ विघाह क्षेत्रफलमा तरकारी खेति गरेका बस्याललाई दोस्रो बर्ष भने असफलता हात लाग्यो ।
दोब्बर जमीनमा तरकारी खेति गरेर दोब्बर पैसा कमाउने सोच गरेका उनलाई १० कठ्ठामा लगाएको गोभि सबै कुइएपछि आर्थिक क्षेति बेहोर्नु प¥यो । तेस्रो बर्ष सुरु भए यता भने हाल सम्म पाँच लाख रुपैयाँको केरा विक्री गरेर कमाएको उनले बताए । अहिले पाँच विघाहमा क्षेत्रफलमा करिब दुई हजार पाँच सय केराको बोट छन । जसमध्य ६ सय केराले घरी फोलेका छन् । एक हजार नौ सय वीनेम हाइब्रेट, तीन सय मालभोक र करिब ३ सय जीनाईन जातका केराको खेति गरेको उहाँले उनले बताए । किसान बस्यालका अनुसार वीनेम केराको घरीमा १५ देखि ४० दर्जन सम्मको केरा फल्ने गरेको छ ।
दैनिक २ हजार बढीको अग्र्यानिक केरा बेच्दै आएका बस्यालले केराबाट मात्रै यस बर्ष सबै खर्च कटाएर करिब ६ लाख आम्दानी गर्ने सोच बनाएका छन् । यद्यपी ती किसानले घुुसुवा तरकारी बाली अन्र्गत गोपी, काउली, भाटा, काँक्रा, अदुवा, भाजी, मूला आलु पनि लगाएका छन् । तरकारी पनि अग्र्यानिक उत्पादन गर्ने गरेको उनले बताए । कृषिमा हात हालेको पहिलो बर्षमै जिल्लामै ठूलो गोपी फलाएर सम्मानित भएका बस्यालाई तुलसीपुर उपमहानगरपालिकाले पनि उत्कृष्ट कृषका रुपमा सम्मान गरिसकेको छ ।
सुरुका बर्षमा बजारको ठाउँमा तरकारी खेति गर्नु त्यति सहज थिएन । किनकी छाडा बस्तुभाउबाट र उत्पादित केरा र तरकारीलाई चोरीबाट बचाउन निकै कष्ट झेल्नु परेको थियो ।
उत्पादन भएका काँक्रा, मूला, पानी तान्ने मोटर, गैती कोदालो रातिको समयमा चोरी हुन थालेपछि हैरान भएका उनलाई एउटा जुक्ती आयो । चोरीबाट जोगाउन ८ वटा सिसी क्यामारा जडान गरेपछि अहिले भने हाइसुक्क भएको छ । पातुखोलाबाट मोटरमार्फत पानी तानेर सिचाई गर्दा महँगो भएको बताउदै आएका उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यहि बर्ष २ लाख ७० हजार अनुदान प्राप्त भएपछि भने केहि राहात मिलेको छ । बजारको ठाउँमा त्यो पनि सिचाई विना कसरी तरकारी खेति होला भनेर नपत्याउनेहरुका लागि भने उनको यो पौरखी कामले गरे नहुने के छर भन्ने पाठ सिकाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया