तुलसीपुरका कृषकलाई सहुलियत दरमा गहुको विउ

बसन्त परियार, तुलसीपुर,२१ कार्तिक ।
तुलसीपुरमा कृषकहरुलाई उन्नत जातको गहुको विउ वितरण गरिने भएको छ । विभिन्न उन्नत जातको १० टन विउ वितरण गरीने तुलसीपुर उपमहागर अन्र्तगत कृषि शाखा कार्यालय तुलसीपुरले जानकारी दिएको छ । वडा कार्यालयको सिफारीस अनुसार माग भए बमोजिम २५ गते देखि कृषकलाई विउ वितरण गरिने कृषि शाखा प्रमुख तिलक केसीले जानकारी दिएका छन ।

किसानहरुलाई सहुलियत दरमा विउ वितरण दिनका लागि कार्यालयले यस अघि सुचना जारी गरेको थियो ।
प्रति केजि ६० रुपैया पर्ने विउलाई ३६ रुपैयामा वितरण गरिने केसीले जानकारी दिएका छन । विभिन्न चार जातका विउ वितरण गरिने छ । किसानले उचित मल र सिचाई भए प्रती हेक्टर ४ टन गहु उत्पादन हुने भएपनि कार्यालयले दुई देखि ढाई टन सम्म उत्पादन हुने जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया