अस्पतालप्रति जनताको विश्वास वढाउँ: पाण्डे

तुलसीपुर, कात्तिक  । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सरकारी अस्पतालप्रति जनताको विश्वास वढाउन आवश्यक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा वोल्दै पाण्डेले निजी क्लिीनीकमा भन्दा राम्रा र दक्ष स्वास्थ्यकर्मी सरकारी अस्पतालमा हुँदा पनि किन जनताले सरकारी अस्पताललाई त्यति धेरै विश्वास गर्दैनन् ? भनेर स्वास्थ्यकर्मीहरुलाई प्रतिप्रश्न समेत गरेका थिए ।
तुलसीपुरका हरेक वडामा नगर स्वास्थ्य क्लिनीक खोल्ने क्रम अन्तिम चरणमा पुगेको वताउँदै पाण्डेले सबै स्वास्थ्यकर्मीहरुलाई इमान्दार भएर जनताको सेवामा लाग्न आग्रह गरेका थिए । “तपाईले जनतालाई कस्तो सेवा दिनुहुन्छ सोही आधारमा सरकारको मुल्यांकन हुने गर्दछ” उनले भने । मातृशिशु मृत्युदर न्युनिकरण गर्नका लागि सुत्केरी भत्ताको कार्यक्रम लागु गरेको वताउँदै उनले पछिल्लो समय सुत्केरी महिलाका वारेमा जानकारी लिनका लागि आमाको माया कार्यक्रम लागु गरिएको समेत जानकारी गराएका थिए । जनतालाई रोग लागेपछि मात्रै उपचार गराउने भन्दा पनि रोगै नलाग्न दिनका लागि के गर्न सकिन्छ भन्ने वारेमा पनि स्वास्थ्यकर्मीहरुले जानकारी दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वोल्दै उपप्रमुख माया आचार्यले जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि उपमहानगरले यो वर्ष थप नगर स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको जानकारी गराइन् । कार्यक्रममा वार्षिक समिक्षा गर्दै स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले गत आर्थिक वर्षमा ग्रामिण क्षेत्रलाई केन्द्रमा राखेर नगर स्वास्थ्य केन्द्र,सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका साथै ल्याब स्थापना गरेको जानकारी दिएका थिए । जनतालाई घरदैलोमा स्वास्थ्य सेवा दिनका लागि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै छाला तथा कुष्ठरोग र क्षयरोगको पनि शिविर सञ्चालन गरिएको वताए । “असक्त वालवालिका, गर्भवती, वृद्धहरुलाई अस्पतालमै गएर औषधि खुवाउने काम समेत भइरहेको छ ” दाहालले वताए ।
कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डितले स्थानीय सरकारलाई स्वास्थ्य क्षेत्रको जिम्मा रहेकाले थप जिम्मेवारी हुनुपर्ने वताए । दातृ निकायसँग स्थानीय तहले नै सहकार्य गरेर अगाडि वढ्नुपर्ने आवश्यकता रहेको उनले वताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, राप्ती आँखा अस्पतालका शमशेर थापा, ओरेक नेपालकी इश्वरी थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया