राप्तीमा मत्स्य पालक कृषकलाई तालिम

कार्तिक ०५, २०७५
तिर्थराज ज्ञवाली
५ कार्तिक,मसुरीया / राप्तीमा मत्स्य पालक कृषकलाई तालिम सुरु गरिएको छ ।  यस आथिक वर्षको स्वीकृत कार्यक्रम अनुसार राप्ती गाउँपालिका कृषि शाखाको आयोजनामा दुई दिने मत्स्य पालन घुम्ती तालिम सोमवार देखी वडा नं ६ को पत्यरगढवाबाट  सुरु गरिएको हो ।
खासगरि कृषकको माछा पालनवाट आयस्तर बृद्धि गराउने र नयाँ माछा पालक कृषकहरुको संख्यामा बृद्धि गर्ने उदेश्यले दुईदिने मत्स्य पालन घुम्ती तालिम सुरु गरिएको कृषि शाखाका दानसिङ रोकाएले जानकारी दिनुभएको छ ।
वडा नं ६ का पत्थरगढवा, सगरापुर, बगरापुर,मझेरिया, भगवानपुरका कृषकहरुको सहभागीता रहेको तालिमको उदघाटन कार्यक्रम वडा नं ६ का अध्यक्ष बेदप्रसाद चौधरीको अध्यक्षता, राप्ती गाँउपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
तालिममा माछा पालनगर्दा अपनाउन पर्ने तरिका, पोखरीको क्षेत्र, गहिराई तथा बनावट, पोखरिको माटो तथा पानीको अवस्था,चारो तथा घाँस, रोग तथा सर्पपाट माछालाई बचाउने तरिका, छोटो समयमा धेरै फाईदा लिने तरिका लगाएतको विषयमा तालिम दिईने  प्रशिक्षक रेशम रावतले जानकारी दिनुभएको छ । उदघाटन कार्यक्रमको संञ्चालन वडा सचिव मंगलप्रसाद चौधरीले गनुभएको थियो ।
बुधवार देखी वडा नं ५ का कृषकहरुलाई समेत दुई दिने मत्स्य पालन घुम्ती तालिम दिईने कृषि शाखाका दानसिङ रोकाएले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस