घनश्यामको सालिक निर्माण गर्ने तयारी

कार्तिक ०५, २०७५

शरद रेग्मी
तुलसिपुर कार्तिक ५/ राप्ती बिधामन्दिर पुर्व बिधार्थि समाजले बिधालयका सस्थापक तथा शिक्षाबिद स्वर्गीय डाक्टर घनश्याम डागिको सालिक निर्माण गर्ने भएको छ । समाजको आज तुलसिपुरमा भएको भेलाले पश्चिम नेपालमा निजिशिक्षाको आबिष्कारकका रुपमा रहि दाङमा पहिलोपटक निजि शिक्षाको ज्योति फैलाउन सफल डागिको शालिक निर्माण गर्ने निर्णय समेत भएको सचिव भागवत कमलापुरिले जानकारी दिनुभएको छ ।
पुर्व बिधार्थि समाजका अध्यक्ष अमानुल्ला अनसारिको अध्यक्षतामा बसेको भेलाले समाजका सल्लाहकार भोजराज न्यौपानेको सयोजकत्वमा सालिक निर्माणका लागि एक समिति समेत गठन गरिएको सचिव शरद रेग्मीले जानकारी दिनुभएको छ ।
भेलाले तिहार लगत्तै स्कुल प्राङगनमा चियापान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा सल्लाहकार बिमल डागि,शिक्षक हेमसागर सुवेदी ,सल्लाहकार भोजराज न्यौपाने,सदस्य धुर्ब राज न्यौपाने,लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।

प्रतिक्रिया दिनुहोस