कृषकलाई धान भित्र्याउने चटारो

कार्तिक ०५, २०७५

तुलसीपुर,५ कार्तिक ।
दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने सर्वसाधरणहरु बजारमा देख्न सकिन्छ । तुलसीपुर,घोराही,लमही,नारायपुर लगायतका बजारमा टिका थाप्ने जाने क्रम जारी छ । यो क्रम कार्तिक ७ गते सम्म चल्ने छ । तर कृषकहरुलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेतमा धान पाकेपछि दशैँ मानेर धान काट्न सुरु गरेको तुलसीपुर ११ का करमदास चौधरी बताउछन् ।

उनि जस्तै धेरै कृषकहरु आज भोली खेतमा धान काट्न र बोक्न व्यस्त देखिन्छन । असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् ।।

प्रतिक्रिया दिनुहोस