दाङका मुख्य बजारहरु सुनसान बन्दै

तुलसीपुर, १ कात्तिक ।
नेपालीहरुको महान् चाड बडादशै आउन अव एक दिन मात्र बाँकी रहदा दाङका प्रमुख बजारहरु सुनसान जस्तै बनेका छन् । दशै मनाउनका लागी बजारका व्यवसाय, उद्योग र कलकारखानाहरु बन्द गरे व्यापारीहरु गाउँघर गएपछि विहिवार बजार सुनसान जस्तै बनेको छ । जिल्लाका मुख्य बजार तुलसीपुर, विजौरी, नारायणपुर, घोराही, लमही बजारका अधिंकास पसलहरु बन्द भएको बताईएको छ ।
सवारी साधनहरु समेत अन्य दिनको तुलनामा कम सन्चालनमा आएका छन् । यता तुलसीपुर बजारमा पनि फाटफुट रुपमा पसलहरु खुलेपनि मुख्य बजारका उद्योग, पसलहरु बन्द भएका छन् । विजया दशमीलाई हिन्दुधर्मालम्वीहरुको महत्वपुर्ण ठुलो पर्व हो ।यस पर्वलाई धुमधामका साथ मनाईन्छ । जन्म घर गाउँ भएपनि कर्मथलो बनाएर तुलसीपुरमा व्यापार ,व्यवसाय सन्चालन गदै आएका व्यापारीहरु पसल बन्द गरेर दशै मनाउन गाउँघर तिर लागेका छन् । बजारमा मानिसहरुको केहि र सवारी साधनहरुको चहलपहल भएपनि पसलहरु बन्द हुदा बजारहरु सुनसान जस्तै बनेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया