मृतकको परीवारलाई राहत हस्तान्तरण

असोज २९, २०७५

तुलसीपुर,२९ असोज ।
तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले राहत रकम हस्तान्तरण गरेको छ । गत भदौ ११ गते विद्यालयको कामको सिलसिलामा कार्यालय सहयोगी जोगिलाल चौधरीको करेण्ट लागेर निधन भएपछि उनको परीवारलाई विद्यालयले पाँच लाख दिने निर्णय गरेको थियो ।

यस अघि २५ हजार दिएको विद्यालयले आज २ लाख ५० हजारको चेक मृतक चौधरीकि श्रीमती कलापति चौधरीलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समीतिका जेष्ठ सदस्य टेक बहादुर केसी,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने,थारु अगुवा राम बहादुर चौधरी लगायतको उपस्थिि रहेको थियो । अव वाँकी २ लाख पच्चीस हजार रुपैया चैत मसान्त सम्ममा दिईने विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस