देबिस्थान मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गरिने: सांसद केसी

सन्तोष ओलि, असोज २६ तुलसीपुर ।
प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले पश्चिमको देबिस्थान मन्दिर लाई पर्यटकिय स्थलका रुपमा विकास गरिने बताएका छन । त्यस क्षेत्रको अर्थतन्त्र बलियो बनाउका लागि मन्दिर लाई पर्यटकिय स्थलका रुपमा विकास गर्न आफुले पहल गर्ने बताएका थिए । नेकपा तुलसीपुर उपमहानगरपालिका १ को आयोजनामा बिजया दशमिको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

तुलसीपुर १ का संयोजक लक्ष्मन भण्डारीको अध्यक्षता एंव प्रतिनिधि सभाका संसाद केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यस्तै, सांसद केसिले जनप्रतिनिधिले बिकास निर्माणमा समन्वय नगर्दा बिकास निर्माण ढिला सुस्ती हुने गरेको हुदा बिकास निर्माणमा समन्वय गरेर जान आग्रह गरेका छन ।

कार्यक्रममा नेकपाका नेता कृष्ण भुसाल , बिनोद शर्मा , भुपबती भण्डारी , पदम नेपाली लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । भिम कान्त भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण हेमकान्त सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २६ गते शुक्रवार
प्रतिक्रिया