अम्मर प्रहरीलाई शहिद घोषणा गर्नुपर्छ : महरा

असोज २५, २०७५

तुलसीपुर २५ असोज
सभामुख कृष्णबहादुर महराले अम्मर प्रहरीलाई शहिद घोषणा गर्नु पर्ने बताउनुभएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरालाले मारिएका र असक्त प्रहरीलाई सम्मान गर्नका लागि पनि राज्यले शहिद घोषणा गर्नु पर्ने बताउनुभयो । ‘द्धन्द्धको समयमा मारिएका जो कोहिलाई पनि सरकारले शहिद घोषणा गर्नुपछ,’ सभामुख महराले भन्नभयो ‘ तर राज्यले ध्यान दिन सकेको छैन ।’


सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी सोनाम, प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेत, प्रहरी बरिष्ट उपरीक्षक नरबहादुर केसी, अम्मर प्रहरी परिवारको तर्फबाट निर्मला थापा, पूर्व प्रहरीको तर्फबाट रोबरबहादुर बस्नेत लगाएतले बोल्नुभएको थियो । सो अवसमरा विभिन्न प्रतियोगितमा प्रथम, द्धितिय र तृर्तिय हुनेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस