राप्ती गाउँकार्यपालिकाको छैठौ बैठक सम्पन्न 

असोज २५, २०७५
तिर्थराज ज्ञवाली 
मसुरीया(दाङ)/ राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्षको छैठौ बैठक राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले उत्कृष्ट काम गर्नेलाई सम्मान तथा नदिजन्य पदार्थ नियमानुसार उत्खनन्को ब्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैठकले  सहकारीहरुको मलखाद तथा विउविजन बिक्रि वितरण गर्ने अनुमतिपत्र नविकरण गर्ने, वडा न. ७ को केहि योजनाहरु परिवर्तन गर्ने, सामाजिक सुरक्षा कार्यविधि २०७५ को कार्यान्वयन गर्ने, गत आर्थिक वर्षमा राप्ती गाउँपालिकाकाको क्षेत्रमा रहेर विभिन्न क्षेत्रगत रुपमा कार्यगर्दै आएका र उत्कृष्टता हासील गरेका  ब्यक्तिहरुलाई सम्मान गर्ने, र नदिजन्य पदार्थ उत्खनन्को लागि प्रदेश सरकारको निति अनुसार ब्यवस्था मिलाउने निर्णय गरेको   राप्ती गाउँपालिका गाउँकार्यपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले गत आर्थिक वर्षको राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका विषयगत शाखाहरुको गतिविधि  विहिवार हुने समिक्षा कार्यक्रममा हुवहु प्रस्तुत गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस