देशको अर्थतन्त्र बचाउन उद्योग अपरिहार्य: सांसद केसी

असोज २४, २०७५

तुलसीपुर,२४ असोज ।
प्रतिनिधि सभाका सांसद हिरा चन्द्र केसिले नँया उद्योग खोलेर विरोजगारको अन्त्य गर्नुपर्ने बताएका छन । आर्थिक समृद्धिका लागि विभिन्न उद्योग र कलकारखाना खुल्नुपर्ने उनले बताएका छन । सागर सु एन्ड मेटिरियल जुत्ता कलकारखानाको आज तुलसीपुरमा उद्घाटन गर्दै सांसद केसीले यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अतीथी समेत रहेका केसिले देशको अर्थतन्त्र बचाइ राख्न उद्योग सन्चालनलाई निरन्तरता दिनुपर्ने बताएका थिए । सो अवसरमा नेकपाका नेता टीकाराम खड्का,चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्ती,तुलसिपुर उद्योग बाणिज्य संघका महासचिव रुप बहादुर खत्री लगाएतले बोलेका थिए । सन्चालक पदम नेपालिले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस