प्रेस युनियन दाङको अध्यक्षमा सन्तोष सुवेदी चयन

असोज २४, २०७५

तुलसीपुर, २४ असोज ।नेपाल प्रेस युनियन दाङ शाखाको सातौ अधिवेशन मंगलवार घोराहीमा सम्पन्न भएको छ । शाखा अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा अधिबेशन भएको हो । सोहि अवसरमा बोल्दै नेपाली काग्रेसका नेता तथा पुर्व सिचाई मन्त्री दिपक गिरीले लोकतन्त्रको रक्षाका लागी पत्रकारितालाई बलियो बनाउनु पर्ने बताएका छन् ।

युनियनका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस नेता बुद्धीराम भण्डारी, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल, दाङका अध्यक्ष सबिन प्रियासन, निबर्तमान अध्यक्ष सुदिप गौतम, सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, अको¥याबका प्रदेश नम्बर संयोजक केपी घिमिरे, दलित अधिकारकर्मी निर्मल नेपाली, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका कार्यबहाक अध्यक्ष प्रकाश चौधरी लगाएतले बोलेका थिए ।

साथै अधिवेशनले सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण खड्का, समावेशी उपाध्यक्षमा देव यादव, सचिवमा रमेश केसी (आरके शीतल), कोषाध्यक्षमा प्रकाश डागी, सहसचिवमा शिवराज खनाल र सपना बोहरा रहेका छन ।
त्यस्तै सदस्यहरुमा श्रीधर भुसाल, निरला अर्याल गैरे, सर्मिला डिसी, लिलाधर वली, सन्तोष केसी, उमा भण्डारी, देवी भण्डारी, पूर्णप्रकाश विश्वकर्मा, टेकबहादुर पुन, यमकला भुसाल, सुशीला वली, समिक्षा गाहा, ध्रुवराज न्यौपाने, श्रीराम दहित, ओमप्रकाश बसेल, प्रेम पुन, निर्मल नेपाली, सरिता चौधरी, सविता चौधरी, शिवराज बसेल रहेका छन ।

प्रतिक्रिया दिनुहोस