राप्ती गाउँपालिकामा मानव स्वास्थ्यको समिक्षा

 

तिर्थराज ज्ञवाली
२३ असोज, मसुरीया(दाङ) राप्ती गाउँपालिका स्वास्थ्य सेवा शाखाको गत आर्थिक वर्ष २०७४÷७५ को बार्षिक समिक्षाकार्यक्रम मंगलवार मसुरीयामा सम्पन्नभएको छ । राप्तीगाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्यको अवस्था र स्वास्थ्य रक्षाकालागि स्वास्थ्य संस्थाले गर्दै आएका कार्यको वारेमा समिक्षा गरिएको छ साथै स्वास्थ्य संस्थाहरुलाई थप सशक्त्त बनाउदै लैजानेमा जोड दिईएको छ ।
राप्तीगाउँपालिकाका क्षेत्रमा रहेका २ वटा स्वास्थ्यचौकी, ३ वटा स्वास्थ्यइकाई वाट दिईने सेवा सुविधा के कस्तो भयो तथा राम्रो पक्ष र सुधार पक्षको वारेमासमिक्षा गरिएको छ ।

कार्यक्रममा गत आर्थिक वर्ष राप्ती गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थामा २३ हजार ८ सय ५३ जनाले सेवा लिएको, नियमित खोप कार्यक्रम मावि.सी.जि., पि.सी.भि.३, आई.पि.भि.,डि.पि.टी.३,दादुरा,जे.ई.तथाटि.डि २।२ जस्ता खोप कार्यक्रममा राम्रो सफलता प्राप्त गरेको,आमा सुरक्षाकार्यक्रम अन्तरगत प्रथम पटक गर्भ जाँच,चार पटक गर्भ जाँच,संस्थामा प्रसुतिभएको संख्या,गर्भवति उत्प्रेरणा पाएको संख्या, यातायातखर्च पाएको संख्या प्रशंसनिय रहेको पाईएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थावाट परिवार नियोजन कार्यक्रम अन्तरगत कण्डम वितरण, पिल्स नयाँ, डिपो, आईयुसिडि सेवा, ईम्प्लान्ट,सिपीआर लगाएतकासेवादिईदै आएको जानकारी गरिएको छ ।
सामाजिकविकास समितिका संयोजकविद्याशरण चौधरीको अध्यक्षता, राप्तीगाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ट आथित्यतामा भएको समिक्षा कार्यक्रममा स्वास्थ्यचौकी सिसहनियाका ज्ञान कुमार बसेल,स्वास्थ्यचौकी लालमटियाकाझवीलाल कडेल, सामुदायीक स्वास्थ्यइकाइ देविकोटकाप्रमुख यज्ञ बहाद्र कार्की, सामुदायीक स्वास्थ्य इकाई मौरिघाटका प्रमुख चेतन पोख्रेल, सामुदायीक स्वास्थ्यइकाई पत्थरगढवाकीप्रमुखचन्द्राचौधरीले स्वास्थ्य संस्थाले गतवर्ष को प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २३ गते मङ्गलवार
प्रतिक्रिया