टरिगाउँमा ईन्धन डिपो स्थापनाका लागी सांसद केसीद्धारा स्थलगत अवलोकन

लक्ष्मण विश्वकर्मा , तुलसीपुर २१ असोज ।
दाङ तुलसीपुरको टरिगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापनाका लागी आईतवार स्थलगत अवलोकन गरीएको छ । अवलोकन टोलीमा दाङ क्षेत्र न ३ बाट प्रतिनिधि सभाका सदस्य हिरा चन्द्र केसी, नेपाल आयल निगम लि.ईन्धन डिपो तुलसीपुर कार्यालयका प्रमुख सुजित पोख्रेल , बलदेव आचार्य लगाएतको सहभागिता रहेको थियो ।
अवलोकन पछि बोल्दै सांसद केसीले जतिसक्यो चाँडो ईन्धन डियो स्थापना गर्नका लागी आफुले पहल गर्ने बताएका छन् । हवाई सेवा नियमित गर्न ईन्धन डिपोको आबश्यक पर्ने भन्दै यस क्षेत्रका नागरिकहरुको मागलाई मध्यनजर गदै समस्या समाधानका लागी आफु लागी पर्ने सांसद केसीको भनाई छ । यस्तै नेपाल आयल निगम ईन्धन डिपो तुलसीपुरका प्रमुख पोख्रेलले अन्डरग्राउण्डमा ७० हजार क्षमता भएका तिन वटा ट्याङकी राख्न सकिने बताएका छन् ।
एयरपोर्टको उत्तर तर्फको गेट नजिकै उपयुक्त स्थान भएको प्रमुख पोख्रेलले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनशयाम पाण्डेले ईन्धन डिपो स्थापनाका लागी स्थलगत अवलोकन गर्न आग्रह गरे अनुसार अवलोकन गरीएको उनले बताएका छन् । त्यस्तैगरी ईन्धन लोड गर्न रिसीलर अर्थात बाउजर आबश्यक पर्ने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार
प्रतिक्रिया