तुलसीपुरमा जारी सरसफाई अभियानलाई सफल पार्दै जुरेस

असोज २१, २०७५

बसन्त परियार, उरहरी २१ असोज ।
सधै पढ्नमा ब्यस्त हुने विद्यार्थिहरु शुक्रवार फरक भुमिकामा देखिए । हातमा ग्लोव,मुखमा मास्क र हातमा प्ले कार्ड बोकेर उनिहरु सडकमा निस्कीएका थिए । तुलसीपुरमा जारी सरसफाई अभियानलाई सफल पार्ने उद्देश्यले उनिहरु सरसफाई अभियानमा जुटेका हुन । तुलसीपुर ११ मा रहेको अमर मावि उरहरीमा गठित जुरेसले उक्त अभियानको अगुवाई गरेको थियो ।

घर आगन सफा राखौ,गल्ने र नगल्ने फोहर लाई छुट्टाछुट्टै राखौं,हामिले नगरे कस्ले गर्छ,ताजा खाना सफा पानी, लगायतका नारा लेखेका प्ले कार्ड सहतिको र्याली पश्चात उरहरी चौक देखि विद्यालय सम्म सरसफाई गरेका थिए । हरेक नागरीकलाई सरसफाई प्रति जागरुक बनाउन सरसफाईमा जुटेका विद्यार्थि मिजास बस्नेतले बताए । विद्यार्थीमा पनि सरसफाईको चेतना जगाउन सरसफाई अभियान चलाइएको उनले बताए ।

 

हरेक शुक्रवारको अतिरिक्त क्रियाकलाप अन्र्तगत जुरेसले टोल सरसफाईको अगुवाई गरेको हो । फोहर ब्यवस्थापन सरसफाई पश्चात आयोजित कोणसभालाई विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।

जुरेसका अध्यक्ष सविन चन्दको अध्यक्षतामा भएको समापन अवसरमा बाल्दै प्रधानाध्यपाक न्यौपानेले कितावी ज्ञान मात्रै नभएर सरसफाई प्रति विद्यार्थिले गरेको कामको उनले प्रशंसा गरेका थिए । घर आगन सफारहे बाताबरण सफा हुने भएकाले मानवको लागि पनि सरसफाई अपरीहार्य रहेको उनले बताएका थिए ।

र्यालीमा सहायक प्रधानाध्यापक पदम बहादुर वली,शिक्षकहरु निर्मल कुमार वली र नारायण प्रसाद भण्डारीको सहभागिता रहेका थियो । सरसफाईमा जोड दिदै आएको जुरेसले विद्यालयमा करेसाबारी समेत बनाएको छ ।।

प्रतिक्रिया दिनुहोस