बबई क्याम्पसले शिक्षामा खेलेको भुमिका अहंम: सांसद केसी

असोज २०, २०७५

तुलसीपुर,२० असोज ।

राप्ती बबई क्याम्पसको १५औं साधारण सभा सम्पन्न भएको छ । क्याम्पसका काबा अध्यक्ष मिनराज ओलिको अध्यक्षता तथा प्रतिनिधि सभाका सांसद माननीय हिरा चन्द्र केसिको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले क्याम्पसले यसक्षेत्रको शिक्षामा खेलेको भुमिकाको प्रसंशा गरेका थिए ।

यस क्षेत्रको गहनाको रुपमा रहेको क्याम्पसलाई विवाद रहित बनाई नमुना बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिएका थिए । सो अवसरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरि,पुर्व सांसदहरु अनारकली, मिया र बुद्धि राम भण्डारी, भरत भण्डारी लगाएतकाले बोलेका थिए । सभाको सहजीकरण क्याम्पस प्रमुख लक्ष्मण रेग्मी गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस