मेयर पाण्डेद्धारा दुर्घटना प्रति दु:ख ब्यक्त

असोज २०, २०७५

तुलसीपुर,२० असोज ।
तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले दुर्घटनामा परी ज्यान गुमाएकाको चिरशान्तीको कामना गर्दै समवेदना ब्यक्त गरेका छन । बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा भएको दुर्घटना प्रति दुख ब्यक्त गर्दै ज्यान गुमाउने प्रति हार्दिक समवेदना ब्यक्त गरेका हुन । एक शोक बक्तब्य जारी गर्दै घाईतेहरुको शिघ्र श्वास्थ्य लाभको कामना गरेका छन ।

दुर्घटनामा तुलसीपुरका ४ र सल्यान निवासि एक जनाको ज्यान गएको छ । अरु एक जनाको सनाखत भएको छैन । पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा आज विहान ९ बजे तिर दुर्घटना भएको हो ।

दाङको तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते १४ जनाको कोहलपुर मेडिल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस