Update: बाँकेमा ट्रक र हाइस एक आपसमा ठोक्कीदा ज्यान गुमाएका ६ जना मध्ये पाँच जनाको सनाखत

तुलसीपुर , २० असोज ।
बाँकेमा ट्रक र हायस ठोक्किँदा भएको दुर्घटनामा परि ज्यान गुमाएका ६ जना मध्ये अहिले सम्म पाँच जनाको सनाखत भएको छ । यसरी सनाखत हुनेमा दाङ तुलसीपुर निवासी ३० वर्षिय तुलसी रावत ,तुलसीपुर ८ का निवासी २७ बर्षिया बसन्ती चौधरी, तुलसीपुर ५ निवासी ५० वर्षिया नारायणी सीरीस, तुलसीपुर ७ बस्ने ३३ बर्षिय हायस चालक सुगने चौधरी, सल्यान शारदा नगरपालिका ५ बस्ने वर्ष ३० बर्षिया दोर्णा बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुको परिचय पत्र, लाईसेन्स र मोबाएलको आधारमा सनाखत भएको हो भने एक जनाको अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा परि १८ जना घाईते भएका थिए । जसमध्ये एक जनाको सामान्य उपचारपछि डिस्चार्ज भईसकेको प्रहरीले बताएको छ । बाँकी १७ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुरबाट नेपालगञ्जका तर्फ जादै गरेको रा १ ख १६६२ नम्बरको हायस र विपरीत दिशाबाट आउदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ को अगैया स्थित मुगुवाखोला नजिकै शनिवार विहान सवा ९ वजेतिर एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया