खेल क्षेत्रलाई व्यावसायीकरण गर्नुपर्छ : वली

असोज १९, २०७५

 

तुलसीपुर, १९ असोज ।

तुलसीपुरमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । खेलको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि प्रदेशसभा सदस्य उत्तरकुमार वलीले खेल क्षेत्रलाई व्यावसायीकरण गर्नुपर्ने बताए । खेललाई व्यवसायीकरण नगर्दा यस क्षेत्रको विकास हुन नसकेको भन्दै सांसद वलीले आर्थिक संग पनि जोड्न पर्ने बताउनुभयो ।
‘खेल क्षेत्रले विश्वमा परिचित देशका नागरिकले तिम्रो इच्छा के छ भन्दा खेलाडि बन्छु भन्छन,’– सांसद वलीले भन्नुभयो, ‘हाम्रो देशमा पनि डक्टर इन्जिनियर होइन अब खेलाडी बन्छु भन्ने अवस्थाको सृजना गर्नुपर्छ ।’

पाँचको प्रदेश पाँचलाई खेलकुद क्षेत्रको हबका रुपमा विकास गर्ने भन्दै एक र दुई नम्बर वडालाई जोड्ने गरी कभड हल र खेलकुद मैदान गराउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

वडा नं. १ का अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई नेपालको पहिलो खेल नगरका रुपमा विकास गर्न यस्तै खेलले सहयोग पु¥याएको बताए । उनले वडा नं. १ र २ मा संयुक्त रुपमा पँँचसय बढि अटाउन सक्ने बहुउद्देश्यीय कभर्डहल निर्माण गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतियोगिता संयोजक एवम् वडा सदस्य तिलकराम हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका शिक्षा संयोजक देबराज विश्वकर्मा, तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगी, विरेन्द्र मा .वि. भ्यूडहर सुन्पुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि ढकाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा कार्यालयका कर्मचारी पुरन आचार्यले गरेका थिए ।

२१ गते सम्म चल्ने प्रतियोगितामा भलिबल, फूटवल, रस्सी तान्ने, लिंगो चढ्ने, कुर्सि दौड, घैटा फोड लगायतका खेलकुद हुने वडा सदस्य राधिका न्यौपानेले जानकारी दिइन् । जम्मा १९ वटा टोलको सहभागिता रहने प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुनेले खसी, कप, प्रमाण पत्र, मेडल ,नगद लगायतका पुरस्कार पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस