भिमबाँध निर्माणको लागि दसैं मिलन कार्यक्रम गरिने

तुलसीपुर,१९ असोज ।
भिमबाँध सामुदायिक बनले भिमबाँध पार्क निर्माण तथा दसैं मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ । लमही नगरपालिका वडा नम्बर ९ हात्तीखाल स्थित ऐतिहासिक भिमबाँध क्षेत्र तथा छिमेकी सामुदायिक बन आसपासमा बसोबास गर्ने विशेषगरी कुमाल समुदायको धार्मिक साँस्कृतिक उत्थान संरक्षण प्रस्तावित भिमबाँध पर्यटन पार्क तथा कुमाल संग्रहालय निर्माणमा टेवा पुर्याउने उद्देश्यले दसैं मिलन कार्यक्रम गर्न थालिएको सामुदायिक बनकी अध्यक्ष हिरा गिरिले बताइन् ।

सदिऔं देखि परम्परागत पेशा गर्दै राप्ती नदि किनारमा बसोबास गर्दै आएका कुमाल समुदायको शैक्षिक लगायत समग्र समृद्धि गराउन यस क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्त्विक स्थान भिमसेनले बाँधेको ऐतिहासिक भिमबाँध,राजपुर ७ मा पर्ने घोडाघोडी लेक, सुनछहारी झरना ,पहिचान संरक्षण सम्बर्द्धन , राप्ती नदि मा बोटिङ र्या्प्टिङ फिसिङ को ब्यबस्था गरि समग्र लमही ९ र राजपुर ७ लाई पर्यटकिय क्षेत्र को रुप मा बिकास गरि आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण बढाउन कार्यक्रमको आयोजना गर्न थालिएको स्थानीय क्लबका नबिन वलिले बताए ।
कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गराउन दाङ जिल्ला बाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसदहरू लाई समेत आमन्त्रित गरिएको कुमाल समुदायको जातीय अनुसन्धान गरि रहेका पत्रकार बिरेन्द्र वलीले बताएका छन ।

असोज २८ गते उद्घाटन भइ यस क्षेत्रको समग्र विकास निर्माणकार्यमा जनप्रतिनिधि,प्रबुद्ध व्यक्ति तथा पाहुनाहरुको अभिमत साँस्कृतिक प्रस्तुति खेल प्रतियोगिता सम्पन्न गरि दोस्रो दिन २९ गते गायत्री यज्ञ कुरिती ,दसैं र दशा , कुसंस्कारमा प्रवचन पश्चात् भावी योजना पारित गरिने रहेको स्थानीय खडग बहादुर गिरिले बताए । कार्यक्रम सम्पन्न गराउन तन मन तथा धनले सहयोगको अपेक्षा गरिएको क्लब को अध्यक्ष मान बहादुर ओलिले बताएका छन ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार
प्रतिक्रिया