तरुण कप फुटबल जारी, एसएसएफ, मुनाल र लक्ष्यको विजयी सुरुवात

असोज १६, २०७५

लक्ष्मण बस्नेत १६ असोज तुलसीपुर दाङ ।
दाङ तुलसीपुर अरनीको मैदानमा जारी जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ मा स्पोर्टस स्कुल फुटबल एकाडेमी,मुनाल क्लब र लक्ष्य युवा क्लब तुलसिपुर १५ ले विजयी यात्रा सुरु गरेको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा विजया दशमी २०७५ को अवसरमा आयोजीत प्रतियोगितामा ड्रिमल्याण्ड युथ क्लब घोराहीलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै फुटबल एकाडेमीले विजयी यात्रा सुरु गर्‍यो भने मुनाल क्लब रक्षाचौरले युएनबिसी घोराहि ए लाई शून्य का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै अश्वारा ब्वाइज क्लबलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै लक्ष्यले बिजयी यात्रा सुरु गरेको हो ! उल्लेख्य दर्शकका माझ अरनिको मैदानमा मगलवार सम्पन्न भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ् बराबरीमा सकिएपनि दोस्रो हाफ्मा आक्रामक प्रर्दशन गरेको स्पोर्टस एकाडेमीका तर्फबाट जर्सी नं १३ का खेलाडी डेविट थापामगरले टिम क्याप्टेन जर्सी नं १० का अर्जुन डाँगीको उत्कृष्ट पासमा खेलको ६० औ मिनेटमा सानदार पहिलो गोल गरे भने क्याप्टेन अर्जुन डाँगीकै पासमा खेलको ७२ औ मिनेटमा जर्सी नं १६ का विवेक सन्जेलले थप एक गोल गर्दै टिमलाई ०–२ को अग्रता दिलाउन सफल भए ।
खेलमा उत्कृष्ट डिफेन्सीपको भुमिका निर्वाह गर्ने खेलाडी सिद्धान्त गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै मुनालका तर्फबाट मोहन केसिले २ गोल गरे भने यज्ञ घर्ती र अमन झाक्रीले थप १/१ गोल गरे ! त्यस्तै मगलवारको अन्तिम खेलमा अश्वारा ब्वाईजका बिरुद्ध जर्सी न ३ का सुवास नेपालिले खेलको दोस्रो हाफ्मा पहिलो गोल गरे भने जर्सी ११ का रोसन रानामगरले थप एक गोल गर्दै टिमलाई ०-२ को अन्तर कायम राख्न सफल भए ! खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका रोसन रानामगर म्यान अफ द म्याछ घोशीत भएको अफिसीयल संयोजक केशव चौधरी मिङमाले जानकारी दिएका छन । यसैबिच बुधबार बिहान पहिलो खेलमा थारु युथ क्लब र युनाईटेड युथ क्लब पहिलो खेल हुनेछ भने दगिशरण गाउपालिका र सर्जु छ्हरा बिच दिउसोको खेल हुने आयोजकले जानकारी दिएको छ !

ग्रामिण स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता असोज २५ गते सम्म चल्नेछ । जिल्लामा स्थापीत २४ वटा फुटबल क्लबहरुको सहभागिता रहको प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाइएको आयोजकले जनाएको छ ।
दाङ जिल्लाको फुटबलको इतिहासमा अहिले सम्मकै सर्वाधिक ठुलो पुरस्कार राशि भएको प्रतियोगिताको उपाधी चुम्ने टिमले ५५ हजार ५ सय ५५, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद २२ हजार २ सय २२, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने सभापति डाँगीले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु मध्यबाट वेस्ट प्लेयर,वेस्ट मिडफील्डर, वेस्ट स्कोरर, वेस्ट डिफेन्स, वेस्ट किपर र राईजिङ प्लेयरमा छनौट पर्ने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिल बाबु डाँगीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस