तरुण कप फुटबलको तयारी पुरा

असोज १४, २०७५

लक्ष्मण बस्नेत
तुलसीपुर १४ असोज /दाङ जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को सम्पुर्ण तयारी कार्य पुरा भएको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा विजया दशमी २०७५ को अवसरमा भोली सोमबार दिउसो २ बजे देखी सुरु हुने प्रतियोगिताको तयारी स्वरुप मैदान मर्मत तथा तारवार, खेल तालिका टाइसीट प्रकाशन, खेल प्राविधीक व्यवस्थापन लगाएतको तयारी कार्य पुरा भएको आयोजकले जनाएको छ ।
ग्रामिण स्तरमा खेलकुदको पहँुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापीत २४ वटा फुटबल क्लबहरुको सहभागिता रहको आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु डाँगीले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले दाङ जिल्लाको फुटबलको इतिहासमा अहिले सम्मकै सर्वाधिक ठुलो पुरस्कार राशि ५५ हजार ५ सय ५५, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद २२ हजार २ सय २२, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने सभापति डाँगीले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु मध्यबाट वेस्ट प्लेयर,वेस्ट मिडफील्डर, वेस्ट स्कोरर, वेस्ट डिफेन्स, वेस्ट किपर र राईजिङ प्लेयरमा छनौट पर्ने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा लोटस ट्रेनिङ सेन्टर घोराही र पव्लिक ज्ञानज्योती स्कुल स्पोर्टस टे«निङ सेन्टर भिड्ने भएका छन । खेल दिउसो ३ बजे बाट सुरु हुनेछ । दुबै टिम शसक्त भएकाले खेल रोमाञ्चक अनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
असोज २५ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच आयोजकले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थीतिका लागि खेलप्रेमी, खेलाडी, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाज लगाएत सबैमा हार्दिक आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस