फुटबल एकाडेमीको अध्यक्षमा– योगी

लक्ष्मण बस्नेत
१३ असोज । स्र्पोट्स स्कुल फुटबल एकाडेमी तुलसीपुर ५ को अध्यक्षमा पुवन कुमार योगी चयन हुनु भएको छ । एकाडेमीको आज सनिबार सम्पन्न तेश्रो अधिवेशन तथा साधारण सभाले योगी अध्यक्ष रहेको १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको हो ।
जसको उपाध्यक्षमा भानुविक्रम राणा, सचिव संजय कुमार गुप्ता, कोषाध्यक्ष जिवन भण्डारी, सहसचिवमा हरी कुमार श्रेष्ठ रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा रुपलाल श्रेष्ठ, सुशिल श्रेष्ठ, टेक बहादुर विक, तुलाराम केसी, राजु थापा, सुधिर गुरुङ, भावना राजभण्डारी, मन्जीत पुन, कृष्ण खड्का, प्रकाश वली, ईश्वरी पाण्डे र सुर्य केसी चयन हुनु भएको छ ।
एकाडेमीका अध्यक्ष सुधिर गुरुङको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुमन घले, टेबल टेनिस संघ दाङका उपाध्यक्ष अरुण लहरे,एकाडेमीका पुर्व अध्यक्ष शरण थापा, खेलप्रेमी इश्वरी पाण्डे लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन एकाडेमीका सचिव संजय कुमार गुप्ताले गर्नु भएको थियो ।
यसैविच अधिवेशन पछी सविबारनै बसेको एकाडेमीको पहिलो बैठकले एकाडेमीको सल्लाहकारमा शरण थापा, सुमन घले, मान बहादुर गुरुङ र प्रेस सल्लाहकारमा लक्ष्मण बस्नेतलाई चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार
प्रतिक्रिया