जन्मदीनको अवसरमा बौद्धिक अपाङ्गलाई सहयोग

असोज १२, २०७५

तुलसीपुर,१२ असोज ।
तुलसीपुरमा रहेको हिलसाईड टेक्नीकल कलेजका संस्थापक एकराज चन्दल आफ्नो जन्मदीनको अवसरमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग गरेका छन । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई उनले कापि कलम र एउटा दराज सहयोग गरेका हुन ।

होस्टेलमा बसेर अध्ययन गर्दै आएका ति बालबालिकाको अवस्था देखेर आफुले सहयोग गरेको उनले बताएका छन । जन्मीदनमा खानपिन गरि फजुल खर्च गर्नुभन्दा अपाङ्गताको क्षेत्रमा सहयोग गर्न पाउदा खुसी लागेको उनले बताएका थिए । अपाङ्ग सेवा संघ उरहरीकी अध्यक्ष देवा भण्डारीको अध्यक्षता तथा अमर माविका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । लोकेन्द्र डागी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक नारायण प्रसाद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस