कृषकलाई अनुदानको विउँविजन वितरण

असोज ११, २०७५

तिर्थराज ज्ञवाली
मसुरीया ११ दाङ/ राप्ती गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत विउँविजन वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले तोरी तथा टिपीयस आलु वितरण गरेको हो ।
यस आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार करीव १६ क्विन्टल टिपीयस आलु र करीव १४ क्विन्टल तोरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि प्राविधिक दान सिङ रोकायले जानकारी दिए ।
कृषकको माग अनुसार वितरण गर्न नसके पनि प्रति व्यक्ती तोरी र आलु २÷२ किलोको दरले वितरण गरिएको राप्ती गाउँपालिकाले बताएको छ ।
५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको तोरी तथा आलु विउहरु श्री साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरले तयार गरेको र उन्नत जातका विउहरु लाई राप्ती गाउँपालिका बाट कृषकले लैजानेगरि तोरी कृषकलाई प्रति केजी ७० र टिपीयस आलु प्रति केजी ९५ रुपैया पर्र्नेे शाखा दान सिङ रोकायले जानकारी दिनुभएको छ ।
वितरण कार्य गाउँपालिकामा रहेका सबै वडाहरुबाट गरिएको छ । तोरी प्रति किलो ७० र तोरी टिपीएस आलु ९५ रुपैयाँ किलो वितरण गरिएको छ । यसैबीच लक्षित वर्ग सम्म अनुदानको विउँविजन पुगे या नपुगेको विषयमा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी नेतृत्वको टोलीले अनुगमण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस