चर्को व्याज लिने बैंकलाई कालो सूचिमा राख्छौ : वली

तुलसीपुर ९ असोज
टरिगाउँ महिला साना किसान कृषि सहकारी संस्थाको छैठौ औं बार्षिक साधारणसभा तुलसीपुर उपमहागनरपालिका १२ एयरपोर्टमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अथिति प्रदेश सांसद उत्तरकुमार वलीले कृषकसंग चर्को व्याज लिने बैंकलाई कालो सूचिमा राख्ने बताउनुभएको छ । प्रदेश सरकारले तोकेको मापदण्ड अुनसार किसानहरुसंग व्यवाज लिनुपर्ने परिपत्र गरे पनि अटेरी गरेको खबर प्राप्त गरेको भन्दै कृषकलाई आर्थिक मारमा पार्ने बैंकको पहिचान गरि तिनलाई कालो सूचिमा राख्ने बताउनुभयो ।

सहकारीलाई सरकारसंग जोड्न आग्रह गर्दै उहाँले आधुनिक कृषि औजार र करौड बढी रकम अनुदानका लागि प्रदेश सरकाबाट उपलब्ध गराउन तयार रहेको बताउनुभयो । त्यसका लागि सहकारी संस्था कृयासील हुनुपर्ने उहाँको जोड थियो । ‘आयआर्जनका लागि कृषि गर्न इच्छुक हुनुहन्छ तर जग्गाजमीन छैन’– सांसद वलीले भन्नुभयो ‘भाडामा लिएर खेति गर्नुहोस पैंसा प्रदेश सरकारले दिन्छ ।’ प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा गरिब तथा विपन्न वर्गलाई माथि उठाउने योजना अघि सारेको भन्दै अबको केहि सयम भित्र जनातालाई अनुभूति हुनेगरि काम गरेर देखाउने बतउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष भागबती धितालको अध्यक्षतामा भएको सभामा रेडियो प्रकृतिका स्टेशनम्यानेजर ओपेन्द्र बस्नेत, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द शर्मा, साना किसान कृृषि सहकारी संस्थाका प्रबन्धक चीरञ्जीवी केसी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य शान्ता पुन, युवासंघका सन्तोष वली लगाएतले बोलेका थिए ।

साधारणसभामा सहकारीको सांगठनिक प्रगति प्रतिवेदन प्रबन्धक सुनित भण्डारीले प्रस्तुत गर्नुभएको थियो । सो अवससरमा उत्कृष्ट ऋणी होतीकुमारी वली, जेष्ठ महिला चेतकुमारी डाँगी, गोमती केसी, सावीत्रा न्यौपाने र सुकुमबासी तथा दलित मजदुर महिलाको तर्फबाट रुपा विकलाई सम्मान तथा पुरष्कृत गरिएको थियो । साधारणसभाको सहजीकरण लेखा संयोजक पुष्पा लामीछानेले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार
प्रतिक्रिया