किसान धनी भए देश समृद्ध हुन्छ : वली

असोज ०६, २०७५

तुलसीपुर ६ असोज
साना किसान कृषि सहकारी संस्थाको २२ औं बार्षिक साधारणसभा तुलसीपुर उपमहागनरपालिका ११ उरहरीमा सन्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद उत्तरकुमार वलीले प्रदेश सरकारसंग नाता गाँस्न सहकारीलाई आब्हान गर्नुभएको छ ।
गरिब विपन्न किसानको आर्थिक अवस्थामा सुधार ल्याउन स्थापीत यस सहकारीलाई प्रदेश सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको भन्दै किसानका हरेक सुखदुःखमा संगसंगै अघि बढ्ने बताउनुभयो ।

किसान धनी नहुँदा सम्म देश समृद्धिको बाटोमा उन्मुख नहुने भन्दै सांसद वलीले प्रदेश सरकारले विनियोजन गरेको बजेटमा कृषिलाई प्राथमिकता दिएको बताउनुभयो । सहकारीको माध्यमबाट कयौ देशले द्रुत गतिमा फड्को मारेको भन्दै नेपालमा पनि पछिल्लो समय सहकारीप्रति आम जनाताको चासो र लहर बढ्दै गएको बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष कान्तप्रसाद वलीको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट ६ जना किसानलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

साधारणसभामा भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष भागीराम चौंधरी, टरीगाउँ महिला सहकारी संस्थाका अध्यक्ष भागवता धिताल, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलदेब आचार्य, तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा सदस्य सुबास डाँगी, अम्मर माध्यामिक विद्यालय उरहरीका शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी, दिपक नाथ योगी, केदार आचार्य, जागेश्वर भण्डारी लगाएतले आर्थिकका कारण उद्देश्य अनुसार लक्ष्य भेटाउन नसकिएको किसानलाई आधुनिक कृषि प्रविधिमा सहयोग गर्न सांसद समक्ष अनुरोध गरेका थिए । कार्यक्रमको संचालन सहकारीका प्रबन्धक चीरञ्जीवी केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस