रोटरीमा नवप्रवेशीहरुलाई स्वागत

तुलसीपुर, ६ असोज । रोटरी क्लब अफ तुलसीपुर सिटीले क्लबमा नवप्रवेशीहरुलाई स्वागत गरेको छ । बैंकिङ क्षेत्रमा लामो समय बिताउनु भएका बुद्धप्रकाश सिंह र तुलसीपुरमा हस्पिटालिटी मेनेजमेन्ट कलेज स्थापना गरेर नयाँ कार्यको थालनी गर्नु भएका असिताभ लामिछानेलाई क्लबका पूर्व अध्यक्ष कुशल तर्तालले रोटरीको लोगो भएको पिन लगाएर स्वागत गर्नुभएको थियो । उहाँले सामाजिक कार्यमा लाग्नका लागि क्लबमा प्रवेश गरेकोमा धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजलाई सकारात्मक परिवर्तनको बाटोमा हिडाउनको लागि रोटरीले समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्रमश रोटरीमा प्रवेश गराउदै आएको बताउनुभयो । क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले संस्थाको नियमानुसार नवप्रवेशीलाई प्रबर्तन गराउदै कुनै आस्था, विचार या वादबाट भन्दा पनि रोटरीमा आवद्द सदस्यहरु समाज सेवाको भावले अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले समाज र देशको मुहार परिवर्तन गर्नका लागि रोटरीमा आवद्ध भएकोमा बधाई समेत दिनुभएको थियो । क्लबका पूर्व अध्यक्ष ललित बहादुर घर्तीले नवप्रवेशीहरुलाई रोटरीको ज्ञान अभिवृद्धिका लागि रोटरी पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
क्लबका प्रस्तावित अध्यक्ष सुरेश हमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष सन्दिपन रिजाल, डाईरेक्टर राजिव ओली, उज्ज्वल श्रेष्ठ लगायतको सहभागिता थियो । क्लबका सहसचिव दुर्गा बहादुर केसीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ असोज ६ गते शनिवार
प्रतिक्रिया