संविधान दिवसमा युवा संघको दीप प्रज्वलन

 

दिपेन्द्र बस्नेत, तुलसीपुर, ३ असोज ।

संबिधान दिबस २०७५ को अबसरमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । युबा संघ नेपाल दाङ क्षेत्र नम्बर ३ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । युबा संघ नेपाल क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष टोप बहादुर बुढाथोकीको अध्यक्षता तथा युबा संघ नेपाल मध्यपश्चिम संयोजक मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा नेकपा दाङका नेता हुकुम बस्नेत, प्रदेश ५ का सांसद उत्तर कुमार वली,अमर नेपाली माईकल लगायतका नेताको सहभागिता रहेको थियो । तुलसीपुर नगर कमिटी संयोजक देबु बस्नेतको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन युवा संघका नेता सन्तोस वलीले गरेका थिए । तुलसीपुरको मदन-आश्रित चौकमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संबिधान कार्यान्वयनको लागि भुमिका खेल्नुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार
प्रतिक्रिया