कल्लेखोलामा फेला परेका ६ वर्षिय बालकको हत्या गरीएको आशंका

भदौ २९, २०७५

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २९ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ लामीदमार निवासी धन बहादुर वलीका छोरा ६ वर्षिय अविषेक वलीको शव स्थानिय कल्लेखोलामा भेटियो । घटना हो यहि भदौ २३ गते शनिवार हराएको बालक आईतवार विहान नौ वजेतिर मृत अवस्थामा सोहि खोलामा भेटिए । त्यस पछि स्थानियले प्रहरीलाई खवर गरी दिए । हलवार प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट पनि प्रहरी टोली घटना स्थलमा पुगेर नियम अनुसार मुचुल्का तयार गरी आफन्तलाई शव उठाउन लगाई पोष्टमार्टमको लागी तुलसीपुर लगीयो ।
तर प्रहरीका अनुसार बावु छोरा खेल हेर्न गएको र घर फर्कने क्रममा खोलाले बगाउदा बालकको ज्यान गएको हुन सक्ने भन्ने प्रारम्भिक खुल्न आएको भन्दै प्रहरीले सन्चारमाध्यमलाई सुचना दिएपछि मृतकका बुवा धनबहादुरले सुचना प्रति आपत्ती जनाएका छन् । उनले घटना रहस्यमय भएको भन्दै सन्चारमाध्यममा आएको समाचारप्रति खण्डन गदै समाचार सच्याउन आग्रह समेत गरेका छन् ।

घटना कसरी भयो ?
घटनाको बारेमा मृतक बालकका बुवाको भनाई यस्तोे छ । शनिवारको दिन थियो । सोहि गाउँमा रहेको जनज्योति प्राथमिक विद्यालयको खेल मैदानमा फुटबल खेल भईरहेको थियो । त्यहा बावु छोरा दुवै खेल हेर्न गएका थिए ।
त्यसपछि अपरान्ह साढे चार बजेको समयमा छोरालाई त्यहि छोडेर धन बहादुर घर गए । पानी पनि परेको थियो । उनी घरबाट फेरी खेल हेर्न भनेर खेल मैदानमा जाँदा झन्डै बेलुकी ६ बजेको थियो । त्यतिबेला उनले आफनो छोरालाई खेल मैदानमा देखेनन् ।
छोरा साढे चार बजेसम्म त यहि थियो अहिले कहाँ गएछ भन्दै यता उता हेरे सोधपुछ गर्दा नभेटेपछि घर गयो होला भनेर धन बहादुर खेल हेदै थिए । रात पर्न लाग्यो खेल हारतिज नभई बराबरीमा टुङ्गियो । त्यस पछि उनी पनि घरतिर लागे । घर जाँदा छोरालाई नदेखेपछि माईत गएको छ की भनेर सोधपुछ गर्दा त्यहा पनि नभएको खवर पाएपछि छोरा हराएको महसुस धन बहादुरलाई भयो ।
धन बहादुर अत्तालिए उनको मनमा हरेक शंका र डर लाग्न थाल्यो अनि छरछिमेक, आफन्तीको सहयोग लिएर खोज्न थालियो । साढे चार बजेसम्म त्यहि खेल हेर्न बसेको मेरो छोरालाई कसैले अपहरण गरेकी वा कसैले मारेर फालिदिए यस्तै यस्तै कुरा खेल्न थाल्यो मेरो मनमा बालकमा वुवा धन बहादुरले भने ।
उनको भनाई अनुसार पानी त परेकै थियो तर पनि खोला तिर ध्यान गएन, जानु पर्ने कुरा पनि थिएन किन भने खेल मैदान देखी खोला पश्चिममा थियो भने घर खेल मैदानको पुर्व दिशामा पर्छ । रातभरी पनि खोजियो कहि भेटाउन सकिएन , शरीर पनि थकित भयो ।गाउँबाट बैदेशिक रोजगारमा गएका एक गाउलेको केहि दिन अघि मुत्यु भएको थियो उनको शवलाई गाउँमा सोहि दिन राती ल्याईपु¥याईएको थियो । छोरालाई खोज्दै जादा छोटीदमार डुर नजिक उक्त शवलाई कुरेर बसेका मानिसहरु संग कुरा गदै म पनि त्यहि बसीलागे ।
भोलिपल्ट आईतवार विहान उज्यालो हुन लागेको थियो विहान ४ वजेतिर शवलाई गाउँ लगीयो त्यस पछि म फेरी छोरालाई खोज्न थाले कहि भेटाएन , खोज्दै जादा घोरानेटी सम्म पुगेर फर्कने क्रममा कल्लेखोलाले बालक बगाएको छरे भन्ने कुरा थाहा पाएपछि खोज्दै जादा कल्लेखोला पक्की कल्भर्ट देखी उत्तर तर्फ घण्टे खेत भन्ने स्थान नजिकै बालक शव देखीयो ।
त्यस पछि मेरो मन समाल्न सकिन अनि प्रहरीलाई खवर गरियो ,हलवार प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट पनि प्रहरी टोली पुगेर मुचुल्का तयार गरी शव उठाउन आग्रह गरेर तुलसीपुर लगीयो पोष्ट मार्टम गरी दाहासंस्कार गरियो । बालकको खोला बगाएको नभई हत्या गरीएको उनको दावी छ । तर कसले किन हत्या ग¥यो भन्ने कुरा शंका कसै माथि अहिले सम्म गर्न नसकीएको उनको भनाई छ । मृतक बालक बाल साहारा बोर्डिङ स्कुलमा कक्षा एलकजीमा अध्ययनरत थिए । धन बहादुरका ६ वर्षिय एक छोरा र अन्दाजी तिन वर्षिया छोरी गरेर दुई सन्तान थिए ।

प्रहरी के भन्छ ?
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले मृतक बालकको पोष्ट मार्टम भईसकेको हुदा रिर्पोट आएपछि मात्र घटना के भएको हो भन्ने थाहा हुने बताएका छन् ।मृतकका आफन्तीले घटना संकास्पद भएको दावी गरे पनि बास्तविकता थाहा पाउन रिर्पोटलाई पर्खनु पर्ने डिएसपि सापकोटाले बताएका छन् । उनका अनुसार रिर्पोट लामो समय पर्खनु नपर्ने र चाँडै रिर्पोट आउने छ ।

घटना स्थलमा पुगेका प्रहरी के भन्छन् ?
खोलामा बालक मृत अवस्थामा भेटिएको खवर पाए लगतै हलवार प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा बालकको शरीरमा बाहिरी रुपमा देखीने कुनै त्यस्तो चोट पटक नभएको प्रहरी श्रोतको भनाई छ । श्रोतका अनुसार खोलाले बगाएको हो वा हत्या गरी फालिएको घटना संकास्पद जस्तो भएपनि पोष्टमार्टमको रिर्पोट आएपछि मात्र भन्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस