शनिवार दिन भर विद्युत नहुने

भदौ २९, २०७५

तुलसीपुर,२९ भाद्र ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले भोलि विद्युत आपुर्ती बन्द हुने जनाएको छ । केन्द्रले शुक्रवार एक सुचना जारी गरी शनिवार विहान ७ वजेदेखी बेलुकी ५ वजे सम्म विद्युत सेवा अबरुद्ध हुने जनाएको छ । वितरण केन्द्रको सव स्टेसनको स्वीच याडमा स्ट्रक्चर गराउने भएको हुदा विद्युत आपुर्ति बन्द हुने वितरण केन्द्र प्रमुख दिपकजंग चौधरीले हस्ताक्षर गरी जारी गरेको सुचनामा उल्लेख गरीएको छ । तुलसीपुर सगै सल्यान र रुकुममा पनि विद्युत आपुर्ति बन्द हुने भएको छ । निर्धारण गरीएको समय अन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत सुचारु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस