आज राष्टिय बाल दिवस विविध कार्यक्रम गरी मनाईदै

दाङ, २९ भदौ ।आज भदौ २९ गते राष्ट्रिय बाल दिवस । यो दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको हुदैछ । “सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

करिव एक घण्टा औपचारिक कार्यक्रम हुनुका साथै कार्यक्रममा बालप्रतिभा प्रस्तुति २ घण्टा चल्ने र विविध सांस्कृतिक कार्यक्रम पनि तय भएको मुल आयोजक समितिले जनाएको छ । यस्तै कार्यक्रम परिसरमा निःशुल्क बालस्वास्थ्य परीक्षण लगायत बालअधिकार सम्बन्धी सचेतना सामाग्री प्रर्दशनी, वितरण पनि गरिने न्द्रीय बाल कल्याण समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया