उच्च अदलात तुलसीपुरमा ४५ मुद्दा फछर्योट

भदौ २८, २०७५

तुलसीपुर २८ भदौ
चालुआर्थिक बर्षको डेढ महिनामा उच्च अदातल तुलसीपुर दाङमा विभिन्न शिर्षकका ४५ वटा मुद्दा फछर्योट भएका छन् । चालु आर्थिक बर्षको साउन महिना देखि भदौ १८ सम्मको उच्च अदालतमा गरिको कार्य सम्पादनमा यी मुद्दा फैसला भएका हुन ।
अदातलमा ३ सय २२ वटा विभिन्न शिर्षकमा मुद्दा पुनरावेदन गरिएको थियो । जस मध्य एक सय ८४ वटा मुद्दा अघिल्लो बर्षबाट जिम्मेवारी सरेको उच्च अदालतका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए ।

ज्यान सम्बन्धी महल अन्र्तगत कर्तव्यमा २२, गर्भपतन २, ज्यान मार्ने उद्योग १३ र सवारी ज्यान सहित अदालतमा पुनरावेदन गरिएका ४८ वटा मुद्दा मध्य ६ वटा फछर्योट भएका छन् । त्यसैगरी जालसाजीमा परेका ४४ वटा पुनरवेदन मध्य ७ वटा फछर्योट भएका छन् भने अन्य ३७ वटा फछर्योट हुन बाँकी छन । त्यसैगरी करणी महल अन्र्तगत जबरजस्ती करणीमा २४, हाडनाता करणीमा १, करणी उद्योगमा ११ र आसय करणीमा २ गरी ३९ वटा मुद्दा मध्य ४ वटा फछर्योट भएका छन् भने ३५ वटा बाँकी रहेको उच्च अदालतका सुब्बा गोकर्ण वलीले बताए ।
त्यसैगरी जग्गा सम्बन्धी महल अन्र्गत जग्गा खिचलो ८, दर्ता बदर ३, निर्णय बदर २, मोही निष्काशन ३, हक कायम १०, लिखत बदर ५, नामसारी १ र अन्य १२ गरी ४४ वटा मुद्दा मध्य ९ वटा फछर्योट भएका छन् भने ३५ वटा बाँकी रहेका छन् ।

त्यस्तै पारिवारिक महल अन्र्तगत अंशमा १२, बहुविवाह १४, बालविवाह २, मानाचामल ६, सम्बन्ध विच्छेद ५ गरी ३९ वटा मुद्दा मध्य ४ वटा फछर्योट भएका छन् भने बाँकी ३५ वटा छन् । त्यसैगरी चोरी महल अन्र्तगत डाँका चोरी ६, नकवजनी चोरी २ गरी ८ वटा मुद्दा मध्य एउटा मात्र फछर्र्योट भएको छ भने पाँच वटा बाँकी छन् । अपहरण तथा शरिर बन्धकमा परेको एउटा मुद्दा फछर्योट भईसकेको छ । वन सम्बन्धी ७ वटा मद्दा मध्य एउटा फछर्योट भएको छ भने ६ वटा बाँकी छन् ।

त्यसैगरी विविध शिर्षक अन्र्तगत जातिय छुवाछुत, बालबालिका, बोक्सीको आरोप लगाएतका शिर्षकमा परेका ८६ वटा मुद्दामा गरिएको पुनरावदेन मध्य ११ वटा फैसला भएको छ भने ७५ बाँकी छन् । त्यस्तै रिट अन्र्गत उत्प्रेषण, परमादेश निषेधाज्ञा र वन्दी प्रत्यक्षीकरण शिर्षमा परेका ३८ वटा पुनरावेदन मध्य ११ वटा फैसला भएका छन भने २७ वटा बाँकी छन् । रिटमा पुनरावेदन नभै सोधै मुद्दा दर्ता हुन्छ ।
अदालत मातहत रहेका दाङ सहित रोल्पा, रुकुम, सल्यान र प्युठानमा रहेका जिल्ला अदालतहरुमा फैसला भएका मुद्दामा चित्त नबुझे पछि आफुलाई अन्याय परेको भन्दै फैसलाका विरुद्ध पिडित वा पिडकले मथिल्लो निकायमा पुनरावेदन गर्ने सक्ने उच्च अदालत तुलसीपुरका सुब्बा गोकर्ण वलीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस