तीजलाई तागतका रुपमा लिनुपर्छ : गिरी

तुलसीपुर, २७ भदौ
सृजना टोलविकास संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम तुलसीपुर ८ अश्वारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षक संजाल दाङका अध्यक्ष शुष्मा गिरीले तीजलाई महिला हिंसा, शोषण दमन विरुद्धको अभियानमा लाग्ने तागतका रुपमा लिन आग्रह गर्नुभएको छ ।
‘तरकारी चर्को भएकै कारणले, चर्को बोलैकै कारणले कुटिनुपर्ने, पिटीनु पर्ने, अपेहेलित हुनुपर्ने र तीरस्कृत हुनुपर्ने दिनको अन्त्य गर्नु पर्छ,’ अध्यक्ष गिरीले भन्नुभयो ‘ त्यसका लागि सबै महिला समाजिक कुसंस्कारका विरुद्ध एकै ठाउँमा उभिनु पर्छ ।’
नेपालको संविधामा महिलाका थुप्रै हक–अधिकार समेटीएको भन्दै गिरीले अन्याय नसहन र सहन नदिनका लागि पनि अन्य महिलालाई सहयोग गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष जुद्धबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमा रेडियो प्रकृति एफएमका स्टेशनम्यानेजर ओपेन्द्र बस्नेत, महिला अधिकारकर्मी देबा डाँगी, सृजना टोलविकास संस्थाका सचिव दिलाराम विसी लगाएतले बोलेका थिए ।

 

प्रकाशित मिति : २०७५ भाद्र २७ गते बुधवार
प्रतिक्रिया