करेन्ट लागेर दाङमा किशोरको मृत्यु

तुलसीपुर,२७ भदौ ।
दाङको तुलसीपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ कट्कुईयाँ निवासी १८ बर्षका कपिल डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
छिमेकीको गोठ सफा गर्नका लागि बुधबार विहान नौ बजे कुवाबाट पानी तान्ने मोटर जडान गर्दा डाँगीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका डाँगीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लग्ने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र २७ गते बुधवार
प्रतिक्रिया